अत्तरिया - कैलालीको गोदावरी नगरपालिकाले १८ बर्ष माथिका सबै नगरबासीहरुलाई कोरोना भाईरस बिरुद्धको खोप लगाउने भएको छ । नगरपालिकाले आज एक सुचना जारी गर्दै १८ बर्ष पुगेका सबै नगरबासीहरुलाई यही असोज २२ गतेदेखी कोरोना बिरुद्धको खोप लगाउने जानकारी दिएको हो ।
यस अघि कोरोनाको खोप लगाउन छुटेका १८ बर्ष पुगेका सबै नगरबासीहरुलाई २२ गतेदेखी २५ गते सम्म कोरोना बिरुद्धको भेरोसेल खोपको पहिलोे मात्रा लगाइने नगरपालिकाले जनाएको छ ।
खोप लगाउनका लागि नगरपालिकाले नगरभित्र रहेका बिभिन्न १३ वटा खोप केन्द्रहरु तोकेको छ । जसमा मालाखेती अस्पताल , गोदावरी स्वास्थ्य चौकी , गेटा स्वास्थ्य चौकी , बडेहा स्वास्थ्य चौकी , बेलादेवीपुर स्वास्थ्य चौकी , चापसल्ली शहरी क्लिनिक , खमौरा शहरी क्लिनिक , जमुनाभाडी शहरी क्लिनिक , हाट्खोली शहरी क्लिनिक , फुलबस्ती शहरी क्लिनिक, बुढितोला शहरी क्लिनिक , लालपुर शहरी क्लिनिक र अत्तरिया शहरी क्लिनिकलाई खोप केन्द्र तोकिएको हो ।
यस मध्ये हाटखोली स्वाथ्य क्लिनिकमा २२ , २३ र २४ गते गरी ३ दिन खोप लगाइने छ भने चापसल्ली र फुलबस्ती शहरी क्लिनिकमा २२ र २३ गते गरी दुई दिन खोप लगाइने छ । अन्य सबैमा २२ गते देखी २५ गते सम्म खोप लगाइने नगरपालिकाले जनाएको छ ।
खोप लगाउन छुटेका र १८ बर्ष पुरा भएकाहरुले नजिकको खोप केन्द्रमा गएर खोप लगाउन नगरपालिकाले अनुरोध गरेको छ । खोप बिहान १० बजेदेखी ४ बजे सम्म लगाइने छ ।
खोप लगाउन जादाँ उमेर खुल्ने प्रमाण पत्र अनिवार्य लैजान नगरपालिकाले सबै नगरबासीहरुमा अनुरोध गरेको छ ।