अत्तरिया - कञ्चनपुरको कृष्णपुर नगरपालिकामा नदीजन्य पदार्थ संकलनका लागि धनगढीको एल.बि एण्ड एल.बि बिल्डर्स प्रा.लीले ठेक्का पाएको छ ।
नगरपालिकाको मुख्य आन्दानीको स्रोत मध्येको एक रहेको नदीजन्य पदार्थ संकलनका लागि चौथो पटक बोलपत्र आह्वान गर्दा धनगढी ५ को एल.बि एण्ड एल.बि बिल्डर्स प्रा.लीसंग तोकिएको रकम भन्दा ५९ लाख बढीमा ठेक्का सम्झौता भएकोे हो ।
नगरपालिकाले आर्थिक बर्ष २०७८÷०७९ का लागि कृष्णपुर नगरपालिका भएर बग्ने मोहना नदी , मछेली नदी , बन्द नदी र बनरा नदीवाट नदीजन्य पदार्थ संकलनका लागि भनेर सुरुमा २ करोड ३९ लाखमा बोलपत्र आह्वान गरेको थियो ।
पहिलो पटक गरेको बोलपत्र आह्वानमा कसैले चासो देखाएका थिएनन् । त्यसपछि दोस्रो पटक पनि सोही रकममा बोलपत्र आह्वान गरियो । त्यो बेला पनि कसैले चासो राखेनन् ।
फेरि तेस्रो पटक पनि सोही रकममा गरिएको बोलपत्र आह्वानमा पनि कसैको आवेदन नपरेपछि चौथो पटक भने नगरकार्यपालिकाको निर्णय अनुसार १५ प्रतिशत रकम घटाएर २ कारोड ३ लाख रकम राखेर बोलपत्र शिलबन्दी बोलपत्र आह्वान गर्दा ४ वटा कम्पनीको आवेदन परेको कृष्णपुर नगरपालिका सुचना अधिकारी प्रेम बोगटीले जानकारी दिए ।
चौथो पटक रकम घटाएर असोज १ गतेको दैनिक पत्रिका सुचना पाटीमा नदीजन्य पदार्थ संकलन तथा उत्खनन् कार्यको शिलबन्दी अह्वान सुचना बोमोजिम तोकिएको म्याद भित्र दर्ता भएका बोलपत्रहरुको मूल्याङकन हुदाँ अधिकतम मूल्याङकित सारभूत रुपमा प्रभावग्रही बोलपत्रमा धनगढीको एल.बि एण्ड एल.बि बिल्र्डस प्रा.ली स्वाकृतीका लागि छनौट भएको उनले बताए ।
एल.बि एण्ड एल.बि बिल्र्डसले २ करोड ६२ लाख ५२ हजार १ रुपैयामा ठेक्का पाएको हो । उक्त बिल्र्डससंग आज ठेक्का सम्झौता भएको सुचना अधिकारी बोगटीले बताए । ठेक्का पाएको कम्पनीलाई नगरपालिकाले पूर्ण रुपमा सहयोग गर्ने उनले बताएका छन् ।
नगरपालिको आन्तरिक आयलाई बढाएर नगरकै विकासका लागि उपयोग गर्ने गरी नदीजन्य पदार्थ बिक्रि बाफत शुल्क संकलन गर्दै आएको छ ।