अत्तरिया - कैलालीको गोदावरी नगरपालिकामा रहेको गोदावरी युवा क्लबको अध्यक्षमा मान बहादुर राई चयन भएका छन् ।
आज सम्पन्न भएको क्लबको पाचौँ साधारण सभावाट राईको अध्यक्षतामा ११ सदस्यीय नयाँ नेतृत्व चयन सर्वसम्मत चयन भएको हो ।
जसको उपाध्यक्षमा यज्ञराज भाट , सचिबमा आशिका लामा ,सह सचिबमा सबिता रानामगर र कोषाध्यक्षमा राधिका थापा चयन भएका हुन् ।
यस्तै सदस्यहरु सुरज घर्तीमगर , बिवेक पुनमगर , हुमुक पुनमगर , देब खड्का , मान बहादुर लामा र खगेन्द्र ऐडी चयन भएका छन् । यस्तै उक्त क्लबको सल्लाहाकारहरु पनि चयन गरिएको छ ।
सल्लाहाकारहरुमा प्रेम पुनमगर , दिल बहादुर मडै , बिनय मगर , सुरज थापा र रमिला तामाङ चयन भएका छन् ।
युवाहरुका माझ निकै लोकप्रिय रहेका नवनिर्वाचित अध्यक्षमा राई लामो समयदेखी युवाहरुको हकहितका लागि काम गर्दै आएका छन् ।
युवाहरुलाई एकजुट बनाएर समाज परिवर्तनका लागि आफुुले काम गर्ने उनले बताएका छन् । गोदावरी युवा क्लब २०६६ सालमा स्थापना भएको थियो ।