अत्तरिया - कैलालीको गोदावरी नगरपालिकाको स्वास्थ्य शाखामा कार्यरत सिनियर अहेव अधिकृत बिर बहादुर कुवंर सम्मानित भएका छन् ।
कोभिड–१९ को समयमा ज्यान खोखिमका राखेर खटेको भन्दै ‘जसको कोही छैन त्यसको हामी छौ’ अभियान नेपालले बुधबार धनगढीमा एक कार्यक्रमको विच सिनियर अहेव अधिकृत कुवंरलाई सम्मान गरेको हो ।
कुवंरलाई जिल्ला समन्वय समिति कैलाली प्रमुख सुर्य बहादुर थापा र उप प्रमुख सुन्दुरी देवी चौधरीले खादा, मालाका साथै सम्मानपत्रले सम्मानित गरेका हुन् । अधिकृत कुवंर कोरोना महामारीको समयमा गोदावरी नगरपालिका सहित जिल्लाभरि आफ्नो ज्यान जोखिममा राखेर नागरिकहरुको स्वास्थ्य सेवामा खटिएका थिए ।
उनी लामो समयदेखी स्वास्थ्य क्षेत्रमा काम गर्दै आएका छन् । जनस्वास्थ्य बिषयमा उच्च शिक्षा हासिल गरेका कुवंर २०५३ सालदेखी स्वास्थ्य क्षेत्रमा काम गर्दै आएका छन् ।
उनले यस अघि सुदूरपश्चिमको पहाडी जिल्ला डोटी सहित पूर्वका बिभिन्न जिल्लाहरुमा पनि काम गरिसकेका छन् । यसका साथै उनले दुई देशका सरकारको बिच समन्व्यमा संचालित स्वास्थ्य क्षेत्रमा पनि काम गरेका थिए ।
उनी गोदावरी नगरपालिकामा आएपछि स्वास्थ्य क्षेत्रलाई पहिलो प्रथमिकता दिदै स्वास्थ्य क्षेत्रको सुधारमा रात दिन भनी खटिदै आएका छन् । उनको कार्यप्रति नगरपालिकाका जनप्रतिनिधिसंगै स्वास्थ्य शाखाका कर्मचारीहरुले प्रशंसा गर्ने गरेका छन् ।
सम्मानित भएपछि कुवंरले आफ्नो कामको उच्च मूल्याङकन गर्दै सम्मान प्रदान गरेको भन्दै ‘जसको कोही छैन त्यसको हामी छौ’ अभियान नेपाललाई धन्यवाद दिएका छन् ।
उनले उक्त सम्मानले आफुलाई अझै काम गर्ने जोश जागँर प्राप्त भएको प्रतिकृया दिएका छन् ।
‘जसको कोही छैन त्यसको हामी छौ’ अभियान नेपालका संयोजक नेत्र प्रसाद भण्डारीको अध्यक्षतामा भएको सम्मान कार्यक्रममा कार्यक्रममा सिनियर अहेव अधिकृतसंगै गोदावरी नगरपालिका अन्र्तगत पर्ने बेलादेवीपुर स्वास्थ्य चौकीमा कार्यरत सिनियर अनमी कृति पाठक लगाएत २४ राष्ट्र सेवक कर्मचारीलाई सम्मान गरिएको थियो ।
कुबंरलाई यस अघि सुदूरपश्चिम प्रदेश सरकार सामाजिक बिकास मन्त्रालय अन्र्तगतको स्वास्थ्य निर्देशनालय स्वास्थ्य कार्यालय कैलालीले जिल्लाभरि कोरोना रोकथाम , नियन्त्रण र ब्यबस्थापनका साथै समग्र स्वास्थ्य अबस्था सुधारमा महत्वपूर्ण भूमिका खेलेको भन्दै जिल्ला स्तरिय बार्षिक स्वास्थ्य समिक्षा कार्यक्रममा सम्मान गरेको थियो ।