अत्तरिया - कैलालीको गोदावरी नगरपालिका भित्र यहि शैक्षिक सत्र देखि नयाँ पाठ्यक्रम लागु हुँदैछ । नयाँ शिक्षा नीति अनुसार नगरपालिका भित्र कक्षा १ देखी ३ सम्मको नयाँ पाठ्यक्रम लागु हुन लागेको हो ।
स्थानिय स्तरका बिषयमा निर्माण गरिएको सो पाठ्यक्रमको किताबको नाम हाम्रो गोदावरी रहने छ । नगरभित्र रहेका विविधतालाई समेटेर नयाँ पाठ्यक्रम निर्माण गर्न लागेको अत्तरियामा रहेको दुर्गालक्ष्मी नमुना माबिका प्राचार्या शिवराज जोशीले जानकारी दिए ।
उक्त नयाँ पाठ्यक्रममा गोदावरी नगरपालिका भित्र रहेका मौलिक संस्कृती, पर्यटकिय क्षेत्र , चाडपर्व , जनजीवन, भुगोल , परम्परात रितिरिवाज लगायतका पक्षलाई समाबेश गरिने उनले बताए ।
यस क्षेत्रमा विभिन्न भाषा , कला र संस्कृती रहेका कारण समाजको आवश्यकता र चाहना फरक फरक रहेको बताउदै उनले नगरभित्र रहेका विविधतालाई समेटेर नयाँ पाठ्यक्रम निर्माण गरिएको जानकारी दिए ।
स्थानीय क्षेत्रका आवश्यकताका विषयवस्तु यहीका नागरिकको अपनत्व हुने गरी स्थानीय ज्ञान, सिप र प्राविधि, उद्योगलाई समेटी विकास गर्ने पाठ्यक्रम नै स्थानीय पाठ्यक्रम हो उनले भने जसले स्थानीय ज्ञानको प्रस्फुटन गर्नुका साथै नवीनतम ज्ञान र सिपको मार्ग दर्शन पहिल्याउन सहयोग गर्नेछ ।
स्थानीयस्तरमा रहेका मूल्य, मान्यता, कला संस्कृतिको संरक्षण र सम्वर्धन गर्दै आगामी पुस्तामा हस्तान्तरण गर्न ठुलो सहयोग रहने समेत उनले बताएका छन् ।
स्थानीय पाठ्यक्रमलाई शैक्षिक विकेन्द्रीकरणको महत्वपूर्ण खुड्किलाका रुपमा लिन सकिने उनको भनाई छ । लामो समयदेखि उपत्यकाभित्रका कला सस्कृति, मठमन्दिर , त्यहाको कल्चरका किताबका पानाहरुमा मात्र बिद्यार्थिहरुले पढ्ने गरेका थिए ।
अब आफ्नै नगर प्रदेशभित्रका मौलिक कला सस्कृतिका बिषयमा पढ्न पाउने भएकाले यस पाठे्यक्रमको भुमिका महत्वपूर्ण रहनेमा आफुहरु विश्वस्त रहेको उनले बताए ।
दशैतिहारपछि लगतै नगरभित्र रहने सरकारी तथा निजी बिद्यालयहरुमा पठनपाठन गरिने बताए । यो स्थानिय पाठ्यक्रम निर्माण समितिको संयोजकमा गोदावरी नगरपालिकाका शिक्षा शाखा प्रमुख बसन्त कुमार खत्री रहेका छन् भने सदस्यहरुमा प्रध्यानाकपक शिवराज जोशी , प्रयाग राज जोशी , केदारदत्त पन्त , विष्णुराज अवस्थी नन्दराज भट्ट रहेका छन् ।
सो पाठ्यक्रम निर्माण गर्दा कुनै क्षेत्र छुट्न गएमा तिन बर्षमा मध्यबधी मुल्यांकन तथा अध्ययन गरेर समावेश गरिन सकिने छ भने पाँच वर्षमा पुर्णबधी मुल्यांकन गरेर सशोधन गर्न सकिने बताइएको छ ।