कञ्चनपुर - जिल्लाको कृष्णपुरमा नवनिर्मित विद्यालय भवनको उद्घाटन गरिएको छ । कृष्णपुर नगरपालिका वडा नं ७ कलुवापुरमा रहेको गौरीशंकर आधारभूत विद्यालयको नवनिर्मित भवनको आज एक कार्यक्रमका बिच उद्घाटन गरिएको हो ।
कृष्णपुर नगरपालिकाको आर्थिक बर्ष २०७७ ०७८ को बजेट र विल्ड अन नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा निर्मित ३ कोठे पक्की भवनको कृष्णपुर नगरपालिकाका नगर प्रमुख कर्ण बहादुर हमालले उद्धघाटन गरेका हुन् ।
उद्धघाटन गरेसंगै बिद्यालयलाई नवनिर्मित ३ कोठे पक्की भवन र २ कोठे पक्की शौचालय हस्तान्तरण गरिएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पदम दमाईको सभापतित्वमा भएको कार्यक्रमको नगर प्रमुख हमाल प्रमुख अतिथी रहेका थिए ।
नबनिर्मित भवनको उद्धघाटन गर्दै कृष्णपुर नगरपालिका नगर प्रमुख हमालले शिक्षाका सबै क्षेत्रहरु चुस्त दुरुस्त ,बालबालिकाहरुको नैसर्गिक विकास र संघसंस्थाको आर्थिक सहयोगमा कामकार्यलाई अगाडी बढाउनु पर्छ भन्ने मान्यताका साथ बिल्ड अन नेपाल संगको सहकार्यमा बिधालयको ३ कोठे पक्की भवनका निर्माण कार्य सम्पन्न भएको बताए ।
उनले अभैm पनि धेरै जसो विद्यालयहरुले खुला आकास मुनि बिधार्थीहरुलाई राख्नुपर्ने र कक्षा कोठाको अभावमा धेरै बिधार्थीहरुलाई एउटै कक्षा कोठमा राखेर पढाउनुपर्ने बाध्यतालाई अन्त्य गर्नका लागि बिल्ड अन नेपाल संगको सहकार्यमा नगरभित्रका अन्य विद्यालयहरुका भवन पनि निर्माण गरिने नगर प्रमुख हमालले बताए ।
कृष्णपुर नगरपालिकासंग रहेका ३३ वटा समुदायिक विद्यालयका भौतिक पुर्वाधार निर्माण गरि सकेका बताउदै उनले खुलकुद मैदान निर्माण , फर्निचरको व्यवस्थापन, पुस्तकालयको व्यवस्थापनका साथै विशेष गरी शिक्षा क्षेत्रमा आवश्यक पर्ने सवै वातावरण कायम गरेको जानकारी दिए । १० बर्षे शिक्षाका योजनामा निर्माण गर्दै शिक्षा क्षेत्रलाई अगाडी बढाउदै जाने उनले बताए ।
शिक्षा सबैका लागि अनिवार्य हुनुपर्ने र हाम्रो गाउठाउँ निर्माण, समाज, सम्भ्यता निर्माण, संस्कृती निर्माण, शिक्षालाई सबैका सामु पु¥याउन सकेपछि मात्र देशको बिकास पनि हुने नगरप्रमुख हमालको भनाई रहेको छ ।
बैशाख २० गते बाट सुरु भएको उक्त विद्यालयको भवन निर्माण कार्य कोरोना महामारी र जारी लकडाउनका कारण केही समय प्रभावित बनेको थियो ।
उक्त नवनिर्मित भवन निर्माणका लागि कृष्णपुर नगरपालिकाको १० लाख र बिल्ड अन नेपालले फर्निचर सहित २६ लाख लगानी लगाएको हो ।
नवनिर्मित विद्यालय भवनको उद्घाटन कार्यक्रममा बिल्ड अन नेपालका निर्देशक निर्मला चौधरी , बिल्ड अन नेपालका बोर्ड मेम्बर यज्ञराज चौधरी, कृष्णपुर नगरपालिका वडा नं ७ का वडा अध्यक्ष कमल सिंह भट्ट लगायतको उपस्थिति रहेको थियो ।