अत्तरिया - नेपाल पशु स्वास्थ्य सेवा प्राबिधिक संघ (नेल्टा) कैलालीले ३०० वटा कुकुरहरुलाई निशुल्क रेविज बिरुद्धको खोप लगाएको छ ।
१५ औं विश्व रेबिज विरुद्धको दिवसको अबसर पारेर नेल्टा कैलालीले मंगलबार कैलालीको घोडाघोडी नगरपालिका २ , लम्कीचुहा नगरपालिका ५ र जोशिपुर गाउँपालिकामा राखेको एक दिने रेविज खोप शिबिरमा ३०० वटा कुकुरहरुलाई निशुल्क खोप लगाइएको हो ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धनगढी ,पशु पन्छी रोग अवेष्ण प्रयोगशाल धनगढी र घोडाघोडी नगरपालिका वडा नं.२ को विशेष सहयोग तथा एग्रोभेट व्यावसाय संघ , नेल्टा लम्कीचुहा , नेल्टा जोशीपुर र जोशीपुर गाउँपालिका पशु सेवा शाखासंगको सहकार्यमा एक दिने रेविज खोप शिबिरको आयोजना गरिएको थियो ।
नेपाल पशु स्वास्थ्य सेवा प्राबिधिक संघ (नेल्टा) कैलालीका अध्यक्ष हंश बुढाको अध्यक्षतामा भएका कार्यक्रममा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धनगढीका प्रमुख डा.बसन्त बहादुर सिंह प्रमुख अतिथी रहनुभएको थियो ।
यस्तै सो कार्यक्रममा घोडाघोडी नगरपालिकाका जनप्रतिनिधि , (नेल्टा) का सुदूरपश्चिम प्रदेश अध्यक्ष लाल बहादुर बोहरा , नेल्टाका केन्द्रिय सल्लहाकार गणेश धामी लगाएको नेल्टा कैलालीका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।
कार्यक्रमको संचालन नेल्टा सुदूरपश्चिमका प्रदेश सचिब हेमन्त जोशी (बाजे) ले गरेका थिए । देशभर बिबिध कार्यक्रमका साथ मनाइएको विश्व रेबिज विरुद्धको दिवस कैलालीमा आफुहरुले निशुल्क रुपमा कुकुरहरु रेविज भ्याक्सिनेसन लगाएर मनाएको नेल्टा कैलालीका अध्यक्ष हंश बुढाले बताए ।
उनले उक्त एक दिने शिविर भब्य रुपमा सम्पन्न भएको र यसका लागि प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्ने सम्पूर्ण संघ संस्था , पशु स्वास्थ्य कर्मी तथा पशु धनी किसानहरुलाई धन्यवाद दिएका छन् ।