कञ्चनपुर – कञ्चनपुरका संसद डा. दिपक प्रकास भट्टले पर्यटन प्रर्बद्धनका लागि पश्चिमी टनकपुर नाका संचालन गर्न माग अघि सारेका छन् ।
मंगलबार प्रतिनिधी सभाको शुन्य समयमा बोल्दै कञ्चनपुर क्षेत्र नम्बर ३बाट निर्वाचित प्रतिनिधी सभा सदस्य भट्टले पर्यटन प्रर्बद्धनका लागि टनकपुर नाका खोल्न माग अघि सारेका हुन् ।
एकिकृत महाकाली सन्धीमा महेन्द्रनगर –ब्रम्हदेब १३ किलोमिटर लिक रोड खोल्ने सम्झौता छ । तर, नेपाली पक्षले भाँसीदेखि ब्रम्हदेबसम्म लिक रोड बनाउँदा समेत भारतीय पक्षबाट चासो नदिदा उक्त नाकाले गति लिन सकेको छैन् । एकिकृत महाकाली सन्धी भएको २३ बर्ष वितिसक्दा पनि नेपालसंगको सिधा भारतको टनकपुर जोडिएको छैन् ।
टनकपुर नाका संचालनमा नआउँदा पश्चिमी नाकाको विस्तार हुन सकेको छैन् । संसद भट्टले सुदूरपश्चिममा थुप्रै पर्यटकिय स्थल हुँदा हुदै शुक्लाफाँटा राष्ट्रिय निकुञ्जलाई मात्रै पर्यटकिय सुचीमा राखिएको भन्दै रामारोसन, खप्तड, बडिमालीका र सात हजार भन्दा बढि उचाईमा रहेका अपिसैपाल रहेको समेत सभामुखको ध्यानाकर्षण गराए ।
संसद भट्टले टनकपुर नाका संचालनका साथै पर्यटन सेवा र सुविधा केन्द्रका लागि भीमदत्त नगरका सुचना केन्द्र खोल्न समेत माग गरेका छन् ।
‘हामी पर्यटन भ्रमण बर्ष सन २०२० भव्य रुपमा मनाउने तयारीमा छौँ, तर विदेशीहरुले नेपालमा पर्यटकका लागि नेपालमा आउँदा सुदूरपश्चिमा पर्यटकिय स्थलका रुपमा बुझ्न जाँदा शुक्लाफाँटा मात्रै ठाँउ भेटियो, डा. भट्टले भने, ‘सुपले पर्यटन भ्रमण बर्षले कसरी मलाउने कहिपनि पुर्वाधार बनाएनौँ, भने त्यसमा लामबद्ध हुनसक्छौँ ।’ पर्यटन भ्रमण सफल पार्नका लागि समेत सम्बन्धीत निकायले टनकपुर नाका खोल्नका लागि पहल गर्न समेत संसद भट्टले आग्रह गरेका छन् ।
संसद भट्टले प्रतिनिधी सभामा उठान गरेका विषयमा सुदूरपश्चिम प्रदेशका उद्योगी, पर्यटन व्यवसायी, नागरिक समाज प्रसंसा गर्दै सरकारले यस क्षेत्रका पर्यटकिय गन्तव्यको विषयमा गम्भिर हुन आब्हान गरेका छन् ।