अत्तरिया - कैलालीको गोदावरी नगरपालिकामा कोरोना विरुद्धको खोप लगाउनेहरु उल्लेखिय रुपमा बढेका छन् । नगरपालिकले आईतबारदेखी कोराना बिरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाउन सुरु गरेपछि खोप लगाउनेहरु संख्या निकै उल्लेखिय रुपमा बढेका हुन् ।
नगरपालिकाका खोप लगाउन तोकेका बिभिन्न ११ वटा खोप केन्द्रहरुमा खोप लगाउनेको थेगिनसक्नु भिड लाग्ने गरेको छ ।
गोदावरी नगरपालिका स्वास्थ्य शाखाका अनुसार दुई दिनको अबधिमा झण्डै ५ हजारले कोरोना बिरुद्धको पहिलो खोप लगाएका छन् ।
स्वास्थ्य शाखाले दिएको जानकारी अनुसार हिजो आईतबार २१ सय ३७ जनाले खोप लगाएका हुन् । जसमा पुरुष १६ सय ९७ जना महिला र ९ सय २५ जना पुरुष रहेका छन् ।
यस्तै आज सोमबार २६ सय २२ जनाले खोप लगाएका छन् । यसमा १४ सय ६ जना महिला र ७ सय ३१ जना पुरुष रहेको नगरपालिका स्वास्थ्य शाखामा कार्यरत सिनियर अनमी उषा भट्टले जानकारी दिइन् ।
उनले खोप लगाउनेहरुको संख्या उल्लेखिय रुपमा बढिरहेको बताइन् । उनले १४ गते सम्म खोप लगाउने कार्यक्रम रहेको बताइन् ।
नगरपालिकाले ४५ बर्ष माथिका सबै नागरिकहरु , १८ बर्ष माथिका सबै बिधार्थीहरु र यस अघि छुटेका लक्षित बर्गलाई खोप लगाइरहेको छ ।
१८ बर्ष भन्दा मुनिकालाई भने खोप नलगाइने नगरपालिकाले जनाएको छ । खोप लगाउनका लागि नगरपालिकाले ११ वटा खोप केन्द्रहरु तोकेको छ ।
खोप लगाउनका लागि परिचय खुल्ने कागजात र बिधार्थीहरुको हकमा बिधालय वा विश्वबिधालयवाट जारी गरिएको परिचय पत्र अनिवार्य लैजानुपर्ने छ । नगरपालिकाले हाल सम्म १५ हजार बढीलाई कोरोना बिरुद्धको खोप लगाइसकेको छ ।