अत्तरिया - बिहिवार दिउँसोको १ बजेको थियो । कैलालीको गोदावरी नगरपालिका वडा नं २ मा रहेको अनाथ एबम् असहाय महिला तथा बालबालिकाहरुलाई संरक्षण गर्दै आएको महिला तथा बालबालिका सेभ हाउसमा अत्तरियावाट बिधुत प्राधिकारणका कर्मचारी पुगे ।
उनीहरुले सेभ हाउसले लामो समयदेखी रकम नदिएको भन्दै सेभ हाउसको कार्यालयमा जोडिएको बिधुतको लाईन काटेर गए ।
सेभ हाउसकी अध्यक्ष जानकी मलासी कार्यालयमा नभएको समय आएका बिधुतका कर्मचारीहरुलाई कार्यालयमा रहेका कर्मचारीहरुले अहिले समस्या रहेको र केही दिन पछि पैसा तिर्ने हुदाँ बत्ति नकाट्न आग्रह गरे ।
तर उनीहरुले मानेनन् । उनीहरुले आफुलाई कार्यालयवाट खटाएकाले लिष्ट अनुसार लाईन काट्नै पर्ने सुनाए र लाईन काटेर गए । यो सुनेर अध्यक्ष मलासी आश्र्चयमा परिन् र उनलाई चिन्ताले सताउन थाल्यो ।
अब एक रात पनि बिजुली बिना कसरी काट्ने , यहाँका बालबालिकाहरुलाई यो चर्को गर्मीमा कसरी सुताउने , उनीहरुले कसरी लेखपढ गर्ने यी र यस्तै कुरा दिनभरी उनको मनका खेलिरह्यो । उनले यो समस्या सुनाउन तुरुन्त गोदावरी नगरपालिकाका जनप्रतिनिधिहरुलाई फोन गरिन् । तर त्यहाँवाट केही पनि प्रतिकृया नपाएको उनको गुनासो छ ।
यद्धपी उपप्रमुख रत्ना कडायतले आफु बिधुत प्राधिकारणलाई आग्रह गर्ने र नभए सबैवाट सानो सानो गरेर भएपनि पैसाका जोहो गर्ने भन्दै अध्यक्ष मलासीलाई सान्तवना दिइन् ।
पछि मलासीले यो समस्या आफ्नो सामाजिक संजाल फेसबुकमा राखिन् । उनको फेसबुकमा लेखिएको कुरा देखेर सबैले बिधुत प्राधिकरणको बिरोध गरे । आफुलाई उक्त समस्याले रातभर निन्द्र नलागेको अध्यक्ष मलासी बताउँछिन् ।
तर भनिन्छ नि जसको कोही छैन उसको उपरवाला हुन्छ । यही क्रममा सबै बालबालिकाहरुको उक्त घाउमा मलम लगाउनका लागि एक महिलले आफ्नो ब्यक्तिगत रुपमा सहयोग गरेकी छन् । अध्यक्ष मलासीले हालेको फेसबुक स्टाटसलाई हेरेर बिदेशमा रहेकी एक जना नेपाली महिलाले तुरुन्त बिधुत प्राधिकरणलाई तिनुपर्ने रु २० हजार पठाएर सेभ हाउसलाई ठूलो गुन लगाएकी छन् ।
आज बिहानै उनले बिदेशवाट पैसा पठाएपछि प्राधिकरणमा गएर बिजुलीबत्तीको तिर्न रकम तिरेपछि अहिले सेभ हाउस झिलिमिली बनेको छ । तर ति नेपाली महिलाले भने आफ्नो नाम नखुलाउन अनुराध गरेकी छन् ।
सेभ हाउसकी अध्यक्ष भन्छिन् हामीलाई ति महान महिला जसले आफ्नो नाम नखुलाउन आग्रह गर्दै हामीमाथि ठूलो गुन लगाइन् । , उनलाई हामी कहिले बिर्सिदैनौ । उनले सहयोगी महिलाप्रति उच्च सम्मान ब्यक्त गर्दै सेभ हाउसमा पर्ने हरेक समस्याहरुमा पनि उनको साथ पाइनेमा ढुक्क रहेको बताइन् ।
सेभ हाउसमा रहेका अनाथ असहाय महिला तथा बालबालिकाहरु आफ्नो मात्रै नभएकाले यस्तो सामाजिक संस्थालाई बनाउने जिम्मा यहाँका जनप्रतिनिधिहरुको भएकाले यस तर्फ गम्भिर भएर लागि दिनहुन सबैमा आग्रह गरेकी छन् ।
ति नाम खुलाउन नचहेकी महिलाको कार्य साच्चै उदारणिय रहेको छ । उक्त सेभ हाउसमा अहिले ५४ जना महिला तथा स साना अनाथ एबम् असहाय बालबालिकाहरु बस्दै आएका छन् ।
