अत्तरिया - कैलालीको गोदावरी नगरपालिका भित्र रहेको बिभिन्न मिडियामा कार्यरत रहेका पत्रकारहरुको साझा संगठन गोदावरी पत्रकार मञ्चका अध्यक्ष हेमराज भट्टले आफ्नो जन्मदिन अत्तरियामा रहेको सु.प समाबेशी बिधालयमा मनाएका छन् ।
उनले शारिरिक रुपमा अपाङ्गता भएका बालबालिकाहरु अध्ययनरत सुदूरपश्चिमको एक मात्र बिधालय सु.प समाबेशी बिधालयमा रहेका अपाङ्गता भएका बालबालिकाहरुकै बिचमा केके कटेर आफ्नो जन्मदिन मनाएका हुन् ।
गोदावरी एफ एमका समाचार प्रमुख समेत रहेको अध्यक्ष भट्टले बिधालयलाई खाध्यान्न समेत सहयोग गरेका छन् ।
उनले आवाशिय रुपमा अध्ययनरत बिधार्थीहरुलाई थोरै भएपनि राहात होस भन्ने उध्ेश्यका साथ चामल , दाल , नुन , तेल सहयोग गरेका हुन् । उनले गोदावरी पत्रकार मञ्चको आयोजना आयोजित एक कार्यकमका बिच सो सामग्रीहरु बिधालयका प्रध्यानाध्यापक राम बहादुर चौधरीलाई हस्तान्तरण गरेका हुन् ।
बर्षदिनमा एक पटक आउने जन्मदिनमा अनआवश्य फर्जुल खर्च गर्नुभन्दा थोरै भएपनि राहत होस भनेर बिधालय परिवारलाई खाध्यान्न सहयोग गरेको उनले बताए ।
सो कार्यक्रममा गोदावरी पत्रकार मञ्चका सल्लहाकार गोदावरी एफ एमका निर्देशक गोविन्द रोस्यारा र गोदावरी पत्रकार मञ्चका सम्पूर्ण पदाधिकारीहरुको सहभागीता रहेको थियो । कार्यक्रमको संचालन बिधालयका संस्थापक मान बहादुर साउँदले गरेका थिए ।
पत्रकार भट्टले प्रत्येक बर्ष आफ्नो जन्मदिन यस्तै दुखी , गरिब ,अनाथ ,असहाय तथा गरिब परिवारलाई केही न केही सहयोग गर्दै मनाउदै आएका छन् । उनी बिगत ६ बर्षदेखी अत्तरिया क्षेत्रमा रहेर पत्रकारिता गर्दै आएका छन् ।