अत्तरिया – बर्षेनी कालोपत्रे गर्दा पनि सडक फुट्ने क्रम नरोकिएपछि अत्तरियाको चोक देखि पूर्व पट्टिको सडकमा आरसीसी गर्न थालिएको छ । पूर्व पश्चिम राजमार्ग अन्तरगत कैलालीको अत्तरिया चोक देखि सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय सम्मको क्षेत्रमा कालोपत्रे सडक फुटाएर आसीसी गर्न लागिएको हो ।
सडक डिभिजन कार्यालय महेन्द्रनगर मार्फत कन्चनपुरको गड्डाचौकी देखि कैलालीको चिसापानी सम्म सञ्चालित रिहेव एण्ड एक्सटेन्सन परियोजना अन्तरगत सडकमा आरसीसी गर्न लागिएको हो ।
सडक डिभिजन कार्यालय महेन्द्रनगरका फिल्ड इन्चार्ज भोज रानाले यस क्षेत्रमा दुवै पट्टिको सडक उच्चो हुँदा पानी जमेर दलदल हुँदा सडकको कालोपत्रे बर्षेनि फुट्ने भएका कारण आरसीसी गर्न लागिएको बताए । गत वर्ष देखि नै संचालन भएको परियोजनाको ठेक्का सम्भैता वर्ड वाईड उच्चकोटी जेभी कैलाली संग गरिएको र परियोजनाको अवधि तिन बर्ष रहेको ईन्चार्ज रानाले बताए ।
यस क्षेत्रमा बर्षेनी मर्मत गर्दा पनि केहि दिनमै सडकमा खाल्डाखुल्डी पर्ने गरेका कारण यात्रुहरुले आवजावत गर्न समस्या भोग्दै आएका थिए । सडकमा आरसीसी गरेपछि भने आवजावत गर्न सहज हुने र लामो समय सम्म टिकाउ हुने ईन्चार्ज भट्टले बताए ।
उनले परियोजना अन्तरगत अत्तरियाको पुर्व रोडमा रहेका २ ओटा सडक नाली पनि विस्तार भईरहेको बताए । उनले ६ करोड लागत रहेको उक्त परियोजना अन्तरगत कन्चनपुरको गड्डाचौकी देखि कैलालीको चिसापानी सम्मको क्षेत्रमा सडक मर्मत तथा विस्तारको काम गरिने बताए ।

वर्ड वाईड उच्चकोटी जेभी कैलालीका सभ ईन्जिनियर मनोज भट्टले अत्तरिया क्षेत्रको सडक आरसीसी गर्ने काम १ महिना भित्रमै सकिने बताए । उनले करिव १ सय मिटर लम्बाई, २० मिटर चौडाई र २५ सेन्टिमिटर मोटाईको आरसीसी गर्न लागिएको बताए ।
निर्माण क्षेत्रमा होर्डिङ्ग वोर्ड नै छैन
निर्माण व्यवसायीले निर्माण क्षेत्रमा विवरण सहितको होर्डिङ्ग बोर्ड राख्नु पर्ने नियम भएपनि सडक मर्मत भईरहेको अत्तरिया क्षेत्रमा भने होर्डिङ्ग वोर्ड राखेको छैन । जसले गर्दा सर्वसाधारणले आफ्नो क्षेत्रमा भईरहेको परियोजनाको निर्माण कार्यका बारेमा जानकारी पाउन सकेका छैनन । परियोजनाका फिल्ड ईन्चर्ज रानाले भने परियोजना सुरु भएको गड्डाचौकिमा होर्डिङ्ग बोर्ड राखिएकाले अन्य क्षेत्रमा वोर्ड राख्न आवश्यक नहुने तर्क गरे ।