अत्तरिया - सुदूरपश्चिमका बिभीन्न कारागारबाट २७ जना कैदीबन्दीको सजाय मिनाह भएको छ । संविधान दिवसका अवसरमा कैलाली र कञ्चनपुर सहित पहाडी जिल्लाका बिभिन्न कारागारमा कैदी जिवन बिताइरहेका २७ जना कैदीबन्दीको सजाय मिनाह भएको हो ।
जसमा कैलालीवाट ६ जना, कञ्चनपुरबाट ७ जना , डडेल्धुराबाट ६ जना , बझांगबाट ४ जना , बतैडीबाट १ जना र अछाम कारागारबाट ३ जना कैदीबन्दीको सजाय मिनाह गरिएको छ ।
जिल्ला कारागार कैलालीका निमित्त जेलर तथा नासु बिरेन्द्र बहादुर बोहराका अनुसार सजाय मिनाहाका लागि दुई जना भारतीय सहित ९ जनाको नाम सिफारिस गरिएको थियो ।
जसमध्ये ६ जनाको सजाय मिनाहा गरिएको हो । कञ्चनपुर कारागारमा रहेका ७ जनाको कैद मिनाह गरिएको छ । कञ्चनपुर कारागारमा रहेका २ महिला र ५ पुरुषलाई कैद मिनाह गरिएको जेलर माया बस्नेत थापाले जानकारी दिईन् ।
यस्तै बझाङका चार जना कैदी बन्दीको सजाय माफी भएको छ । बझाङका कर्तव्य ज्यान मुदा लागेका २ जना र बहुविवाह गरेका २ जना गरी ४ जनालाई कैद सजाय माफी भएको हो । यसैगरि बैतडी कारागारबाट एक जनाको कैद सजाय मिनाह भएको छ ।
उनी कर्तव्य ज्यान मुद्धामा कैद भुक्तान गरिरहेका मेलौली नगरपालिका १ का ललित भनिने सुर्य दयाल रहेका छन् ।
डडेल्धुरा कारागारले ६ जना कैदीबन्दीलाई सजाय मिनाह गरेको छ । जसमा बहुबिबाहका २ र कर्तव्य ज्यानका ४ जना रहेका छन् । र अछाम कारागारबाट ३ जना कैदीबन्दीको सजाय मिनाह भएको कारागारले जनाएको छ ।