अत्तरिया - सुदूरपश्चिम प्रदेश सरकारकी भौतिक पुर्वाधार विकास राज्यमन्त्री चुन कुमार चौधरीले नेपालको संबिधानले नेपाली हुनुमा गौरब अनुभूति गराउन सकोस भन्दै शुभकामना दिएकी छन् ।
७ औँ संविधान दिवसको अवसरमा शुभकामना दिदै उनले नेपालको संबिधानले सबै नेपालीहरुलाई नेपाली हुनुमा गौरब अनुभूतिका साथै राष्ट्र , राट्रियता र बृहत राष्ट्रिय एकता तथा सामाजिक सद्भावलाई थप मजबुत बनाउन सकोस भन्दै शुभकामना दिएकी हुन् ।
उनले सुदूरपश्चिम प्रदेश सरकार नेपालको संविधान पूर्ण पालना र यसको कार्यान्वयनमा पूर्ण प्रतिबद्धध रहेको बताएकी छिन । सबै खालका असमानता , बन्चनाहरुको कानुन र नितिवाटै सम्बोधन गर्दै लोककल्याणकारी राज्यको अनुभूति गराउनु प्रदेश सरकारको पनि दायित्व रहेको उनको भनाई छ ।
उनले संबिधानको कार्यन्वयनको सबालमा बर्ष २०७७÷०७८ चुनौतीको बर्ष रहेको बताएकी छन् । संविधानको सर्बोच्चता, बिधिको शासन राज्य र समावेशी लोकतान्त्रलाई जीवनशैलीका रुपमा अभ्यास गर्दै जानु आजको आवश्यकता हो ।
जनजीविका, लौगिक मुलप्रवाहीकरण, जातीय÷भौगोलिक सह अस्तित्वका साथै फरक क्षमताका मानिसहरुलाई सम्मान गर्दै संविधानको पूर्ण पालना गर्नु हाम्रो प्रमुख जिम्मेवारी हो ।
नेपाली जनताको लामो सघर्ष र बलिदानबाट प्राप्त संविधानको अक्षरस पालनामा राजनीतिक नेतृत्व, सरकार प्रमुख र नेपाली जनता इमान्दार हुनु पर्ने देखिन्छ राज्यमन्त्री चौधरीद्धारा जारी शुभकामना सन्देशमा भनिएको छ ।