काठमाडौँ - संविधान दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ९०३ जनालाई विभिन्न विभूषण, अलङ्कार र पदक प्रदान गरेकी छन् ।नेपालको संविधानको धारा २७७ को उपधारा ९१० बमोजिम गत भदौ २९ गतेको मन्त्रिपरिषद्का सिफारिसमा उनले ती विभूषण प्रदान गरेकी हुन् ।
राष्ट्रपति भण्डारीले नेपाल रत्न एक जनालाई, राष्ट्र गौरव दुई जनालाई, महाउज्ज्ल राष्ट्र दीप प्रथम श्रेणी पाँच जनालाई, सुप्रसिद्ध प्रबल जनसेवाश्री प्रथम श्रेणी पाँच जनालाई, उज्ज्वल कीर्तिमय राष्ट्र दीप द्वितीय श्रेणी एक जनालाई, प्रसिद्ध प्रबल जनसेवाश्री द्वितीय श्रेणी २४ जनालाई, सुकीर्तिमय राष्ट्र दीप तृतीय श्रेणी ३९ जनालाई, सुप्रवल जनसेवाश्री तृतीय श्रेणी १६१ जनालाई, कीर्तिमय राष्ट्र दीप चतुर्थ श्रेणी आठ जनालाई, प्रबल जनसेवाश्री चतुर्थ श्रेणी ३१९ जनालाई र जनसेवाश्री पञ्चम श्रेणी १९० जनालाई प्रदान गरेको राष्ट्रपतिको कार्यालयले आज जनाएको छ ।
यसै गरी राष्ट्र यशोवद्र्धक अलङ्कार चार जनालाई, नेपाल सेवा प्रवीण दुई जनालाई, समाजसेवा रत्न २१ जनालाई, नेपाल प्रताप सुभूषण ३४ जनालाई, अति पौरख भास्कर सात जनालाई, नेपाल प्रताप आभूषण २४ जनालाई, महापौरख भास्कर तीन जनालाई र नेपालप्रताप भूषण १६ जनालाई प्रदान गरेकी छन् ।
राष्ट्रपतिले राष्ट्रसेवा पदक प्रथम श्रेणी तीन जनालाई, सुकीर्ति पदक १० जनालाई, सगरमाथा पदक सात जनालाई, वीरता पदक सात जनालाई, विकासरत्न पदक एक जनालाई र प्राकृतिक प्रकोप पीडितोद्धार पदक नौ जनालाई प्रदान गरेकी छन् ।
स्व. भट्टराई देखी बिष्णु माझी सम्म
सरकारले सर्वोच्च विभूषण नेपाल रत्न स्व. कृष्ण प्रसाद भट्टराईलाई दिने निर्णय गरेको छ । संविधान दिवसको दिन घोषणा गरिने मानपदवी, अलङ्कार र पदक पाउनेहरूको नामावलीमा सबैभन्दा उच्चस्तरको नेपाल रत्नबाट स्व. भट्टराई र राष्ट्र गौरवबाट सुवर्ण शमशेर राणा र झलनाथ खनाललाई प्रदान गर्न लागिएको प्रशासन सिंहदरवार उच्च स्रोतले जानकारी दिएको छ ।
पदक पाउने अन्य व्यक्तित्वहरूमा मङ्गलादेवी सिंह, मोहनचन्द्र अधिकारी, नारायण गोपाल गुरुवाचार्य, प्रदीप नेपाल पीएलसिंह, आत्मानन्द लिंदेल, द्वारिकादेवी ठकुरानी, भीमदत्त पन्त, रानुदेवी अधिकारी, कालीप्रसाद रिजाल, भक्तराज आचार्य, सन्तोष शाह, पुष्कर शाह, डा. नीरज बम डा. रुना झा, डा. अनुप बास्तोला, डा. रवीन खड्का, डा. शेरबहादुर पुनः डा. नन्दुप्रसाद पाठक, डा. हेमकुमार राई, सम्भुजित बास्कोटा रहेको ती स्रोतको भनाई छ ।
यसैगरी सुजल बम, आयशा शाक्य, हिमाल अर्याल, सपना रोक्का मगर, तेरिया मगर, मुस्कान खातुन, भूमिका श्रेष्ठ, रञ्जु झा, पुष्पा बादी, राम प्रसाद रिमाल, लक्ष्मण रिमाल, निङ्मा ग्याल्जे शेर्पा, कल्पना महर्जन, डा. माला खरेल, नवीन सायमी, अनिता बिन्दु, अजित कुमार शाह, देवी प्रधान, विष्णु माझी, शंकरलाल अग्रवाल, हेमन्त शर्मा, प्रकाश सपुत, केकी अधिकारी, अनमोल केसी, सुलभ खरेल रहेका छन् । त्यस्तै मारवाडी सेवा समाज र आइडिया स्टुडियोलाई पनि पदक दिइएको छ ।