अत्तरिया -नेकपा (एकीकृत समाजवादी) सुदुरपश्चिमका संसदिय दलका नेता दिर्घ सोडारीले भिमरावल र लेखराज भट्टलाई आउँदो निर्बाचनमा देखाईदिने चेतावनी दिएका छन् । आज अत्तरियामा उक्त पार्टीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन । भिमरावल प्रती निकै आक्रोसित देखिएका नेता सोडारीले एमाले उपाध्यक्ष भिम रावलको नाम अब बिस्थापित भएको बताए ।
'ओलीलाई टक्कर दिने भनिएका भिमरावलहरु अहिले ओली सँग लरक्क परेका छन्,' उनले भने ,'त्यँहा ओली सँग अपमान बाहेक केही हुने वला छैन । केपी ओलीले हिजो केटो भनेको मान्छेले अब त्यता खुट्टा लल्काएर बसेका छन् ।'
उनले भने- 'भिम रावलको खुट्टा कमाएपनी भिम बोगटीहरुले खुट्टा कमाएका छैनन् । उनले आउँदो चुनावमा गोदावरीमा देखाइदिने चुनौती समेत दिए ।
'लेखराज भट्ट ,भिमरावललाई आगामी चुनावमा देखाउँछौ । यँहि पालिका यही निर्बाचन क्षेत्रमा देखाइदिन्छौ,' सोडारीले भने,' रावल र भट्ट झगडा गर्ने एकै ठाउँमा छन् । अब हामी देखाउँछौ ।' ठुला ठुला भन्नेहरुका दिन गए अब ।'
उनले हिजो भिमरावलको कारण प्रदेश सभामा १७ जना सांसद एकै ठाउँमा बसेको भन्ने पनि सही नभएको तर्क गरे । हाम्रा कारण रावल बलिया थिए होलान्, हामी नि पढेलेखेका छौं ,हामी नि राजनिती गर्दै आएका छौं सोडारीले भने ओलीका मान्छे लेखराज इन्चार्ज हो भन्दै छन् तर भिमरावल मै हुँ संयोजक भन्दै आएका छन् ।
राजधानीमा ओलीको सहयोग भएन
भौतिक पूर्बाधार मन्त्री समेत रहेका सोडारीले गोदावरीलाई राजधानी बनाउने पहल आफुहरुले गरेको दाबी गरे । उनले बिगतमा ओली सरकारले राजधानीको काम काम गर्न नदिएको आरोप लगाए । बनको जग्गा भएकाले केन्द्र सरकारले स्वामित्व नदिँदा समस्या भएको उनको जिकिर छ। 'हिजो केपी ओलीले राजधानी बनाउन दिएनन,' उनले भने ,'अब देउबा जि सँग बार्ता गर्छौ छिटो काम अगाडी बढाऔं भन्ने वाला छौं । '