अत्तरिया - कैलालीको गोदावरी नगरपालिका वडा नं २ अत्तरियामा रहेको किसान कृषि सहकारी संस्था लिमिटेडको छैठौ बार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाकी अध्यक्ष कृष्णा भाटको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा गोदावरी नगरपालिकाका सहकारी प्रमुख दिब्यराज जोशी प्रमुख अतिथी रहेका थिए ।
२०७२ सालमा ३०० जनावाट सुरु भएको किसान कृषि सहकारी संस्थामा अहिले १५ सय ५३ जना शेयर सदस्यहरु रहेका छन् । आर्थिक बर्ष २०७७÷०७८ को आयब्यय प्रस्तुत गर्दै संस्थाकी प्रबन्धक सोना रोकायाले संस्थाको शेयर पुँजी २ करोड १८ लाख ९० हजार २०० रुपैया रहेको जानकारी दिएकी छन् ।
उनले गत आर्थिक बर्षमा संस्थाले ३ लाख ६९ हजार नाफा कमाउन सफल भएको बताइन् । संस्थाले अहिले ३ करोड ९ लाख ३१ हजार ३ सय २९ रुपैया कर्जा लगानी गरेको छ । यस्तै संस्थाको जगेडा कोषमा २१ लाख ९६ हजार ४ सय ९८ रुपैया रहेको प्रबन्धक रोकायाले जानकारी दिइन् ।
संस्थाको बैंक तथा अन्य नगदमा १२ लाख ३६ हजार ५ सय ४५ रुपैया रहेको र ४ लाख ४५ हजार ९ सय ९८ रुपैया अन्य सम्पत्ति रहेको उनले बताइन् ।
संस्थाले अन्य ठाउँमा तिर्नुपर्ने रिण ५१ लख ९५ हजार १ सय ६० रुपैया रहेको छ । संस्था स्थापना भएदेखी शहर देखी ग्रामिण क्षेत्रका शेयर सदस्यहरुलाई आधुनिक आर्गनिक कृषि ब्यबसायमा जोड दिएको प्रबन्धक रोकायाले जानकारी दिइन् । उनका अनुसार संस्थाले कृषि क्षेत्रमा ६ लाख ४३ हजार बढी रकम लगानी गरेको छ ।
संस्थाले उदमी शेयर सदस्यहरुको आर्थिक स्थित उकास्नका लागि २६ थान अटो रिक्सा , २ थान चम्फा टेक्टर र १ जनालाई १ थान हाते चम्फा टेक्टर प्रदान गरेको छ । किसान कृषि सहकारी संस्था मुनाफा आर्जन गर्नका लागि नभई संस्थाका शेयर सदस्यहरुलाई कृषि क्षेत्र तर्फ आकर्षित हामीले खाने हरेक कुराहरुलाइै विषादीमुक्त बनाई आर्थिक अबस्था सुधारमा जोड दिइरहेको प्रबन्धक रोकायाले बताइन् ।
"हामीले खाने हरेक कुराहरुमा हाम्रो स्वास्थयलाई निकै हानिकार रहेको बिषादी हालिएको हुन्छ , जसलाई हामी देख्न सक्दैनौ तर त्यसैले हाम्रो ज्यान लिन सक्छ उनले भनिन् -"अब हामीले यस्ता कुराहरुलाई निरुत्साहित गर्नुपर्छ , अब हामीले आफ्नो डाक्टर आफै बन्नुपर्छ ,त्यसका लागि हामीले आधुनिक आर्गनिक बस्तु उत्पादनलाई अगाडी बढाउनुपर्छ ।"
उनले आफुहरुले स्वास्थ्यलाई पहिलो जोड दिदै सबै किसानहरु स्वास्थ , सम्बृद्धि र खुसीको कामना गर्दै अगाडी बढिरहेको बताइन् ।
उक्त सहकारी संस्थाले गोदावरी नगरपालिका भित्रका १० वटा वडामा आफ्ना सेवा प्रदान गर्दै आएकोमा चालु आर्थिक बर्षदेखी बाकिँ दुई वटा वडामा पनि सेवा प्रदान गरिने प्रबन्धक रोकायाले जानकारी दिइन् ।
कार्यक्रममा डोटीको शिखर नगरपालिकाका सहकारी प्रमुख डिल बहादुर महरा , ईप्रका मालाखेतीका प्रहरी निरिक्षक उमेश चन्द , सल्लाहकारी समितिका संयोजक मिनराज जोशी , संचालक समितका पदाधिकारीहरु , लेखा समितका पदाधिकारीहरु लगाएत बिभिन्न संघसंस्थाका प्रमुख र प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
संस्थाकी उपाध्यक्ष उर्मिला बोगटीको स्वागत मन्तब्यवाट सुरु भएको कार्यक्रमको संचालन सचिब मदन शर्माले गरेका थिए ।