बाजुरा -संघिय सांसद लाल बहादुर थापा यतिबेला बाजुरा जिल्लाको विकट गाउँमा छाउँगोठ मुक्त गर्न जनतालाई जनचेतना दिने कार्यमा ब्यस्त छन् । जिल्लाको पुर्बीत्तर भेगको साविको पाण्डुसैन गाविसको गाउँबस्तीमा पुगी उनी छाउगोठ मुक्त गर्ने अभियनमा लागेका हुन् । बुढिनन्दा नगरपालीका साविको पाण्डुसैन गाविसमा केहि दिन अगाडी मात्र छाउगोठमा एक जना महिला सहित उनका दुई छोराको सामुहिक निधन भएको हुँदा आफु सोहि दिन बाट गाउँ बस्ती देखि सासंद भवन सम्म छाउगोठ मुक्त जिल्ला घोषण गर्ने अभियनमा जुटेको उनले बताए ।
पाण्डुसैनमा केही महिना अगाडी छाउ गोठमै आगो बाट राती निसासिएर एक महिला र उनका दुई छोराको मृत्य भएको थियो । उत्त घटनालाई लिई सासंद थापाले बाजुरा जिल्लाका विभिन्न बस्तीमा पुगेर हरेक महिला, बालवालिका,वृद्धावृद्ध , विद्यार्थी, शिक्षक, धामीझाक्री , महिला स्वयमसेवीकाहरु सँग भेटघाट गरी जनचेतना मुलक कुराहरु राख्दै छाउ समन्धी छुवाछुत गर्ने विरुद्ध सरकारले कानुनी कारवाही गर्ने बारे पनि जानकारी गराउदै आएका छन् ।
सासंद थापाले छाउपढी प्रथा परमम्परा देखी नै मान्दै आएको एक कुप्रथा रहेको हुँदा यसलाई अन्त्य गर्न सबैले लाग्नुपर्ने बताए । यो कुप्रथा अन्त्य गर्न सवै बाजुरा बासीहरुलाई एक जुट गराउन गाउँगाउँमा पुगी जनचेतना मुलक जानकारी दिने गरेको उनको भनाई छ । थापा बाजुरा जिल्लाबाट प्रत्यक्ष तर्फबाट निवाचित प्रतिनिधी सभाका सदस्य हुन् । साविको पाण्डुसैन गाविसमा रहेका सवै छाउँगोठहरु अहिले भत्काइएको छन् ।
स्थानियको भनाई
स्थानिय महिला ललिता रोकायाले धामी, झाक्री, वृद्धा, वृद्धहरुले छाउ भएको समयमा बिभिन्न कारणहरु देखाउदै आफुहरुलाई घर भित्र पस्न नदिने गरेको बताइन् । उनले आफुहरु जवरजस्तीले मात्र छाउ भएको बेला घर भित्रकै सुरक्षीत कोठामा बस्ने गरेको बताइन् । उनका अनुसार महिलाहरुले नै छाउगोठ भत्काउने अभिएन सञ्चालन गरेको हुन् । रोकायाले सासंद गाउमा आई प्रत्यक महिला बालवालीका शिक्षक वृद्धा, वृद्धलाई छाउँ समन्धित जनचेतन मुलक जानकारी दिए पछी मात्र छाउ मानुहुदैन , छाउ मान्ने र छाउ भएको बेला बिभिद गर्नेलाईै कानुनी कारवाही पनि हुन्छ भने जानकारी पाएको भन्दै खसी ब्यक्त गरिन् । यो भन्दा पहिले गाउलेहरुलाई यस बारे केहि पनि जानकारी नभएको उनको भनाइ थियो । बाजुरा जिल्लाका अधिकास नगरपालीका गाउँपालीका महिलाहरु छाउ भएको समयमा घरबाट टाढा रहेको छाउँगोठमा बस्दै आइरहेका छन ।