कैलाली - नेपाली कांग्रेस डडेल्धुराका ७ औ जिल्ला अधिवेसनमा सभापतीपदका उमेदवार भिम बहादुर साउंद समुहले मंगलवार पत्रकार सम्मेलन गरेको छ। पत्रकार सम्मेलन मार्फत जिल्लाको ७ औ अधिवेसन अन्तरगत सम्पन्न वडा अधिवेसन सफलता पुर्वक सम्पन्न भएको, कुनै वडामा ८० प्रतिसत उपस्थीती बाट वडा अधिवेसन भएको र जिल्लाका ५२ मध्ये ५० वटा वडामा वडा अधिवेसन उल्लासमय वातावरणमा सम्पन्न भएको नेताहरुको निष्कर्ष छ।
जिल्लाको अजयमेरु गाउंपालिका वडा नं ३ र नबदुर्गा गाउंपालिकाको वडा नं ५ मा निर्धारीत समयमा वडा अधिवेसन हुन नसकेपनि केहि दिनमै सम्पन्न हुने नेताहरुले बताएका छन।पत्रकार सम्मेलनमा नेपाली कांग्रेसका सुदुरपश्चिम प्रदेस सभा सदस्य तथा प्रदेसका नेपाली कांग्रेसका प्रमुख सचेतक गोबिन्द राज बोहरार्ले बर्तमान पार्टि सभापती कर्ण बहादुर मल्ल समुहबाट अधिवेसन सम्बन्धी आएका अतिरञ्जीत बिषयको खण्डन गर्दे सबै भन्दा पहिला पार्टि उप–सभापती करुणाकर भट्टले सभापतीमा उमेदवारी दिने अनि अधिवेसन आउंदा प्रतिष्पर्धा बाट भाग्ने फेरी एकलौटी भयो भन्ने ? भन्दै प्रश्न गरे।
’साथै उनर्ले पार्टि कार्यालयमा केहि दिन अगाडी जसरी हामीहरु माथी हातपात भयो त्यसरी हामि पनि जानसक्थ्यौ हामि डराएर होईन हामि अधिवेसन सम्पन्न होस भनेर सहनु पर्ने भन्ने मनसाय मै रहेका ले सहेको उनले बताए। ’एक अर्को प्रसंगमा नेता बोहरार्ले प्रहरी हस्तक्षेप बाट अधिवेसन अगाडी बढेको उतातिरको साथीहरुले भनिरहेकोमा आपत्ती जनाए ।
शान्ति सुरक्षा गर्नु प्रहरीको दायित्व भएकोमा अधिवेसन अवधीमा प्रहरीले कुनै पनि वडामा हस्तक्षेप र जर्वरजस्ती गरि अधिवेसन सम्पन्न गराएको भए त्यो रद्ध गरिने उनले बताए । ’माहाअधिवेसन प्रतिनिधि भिम बहादुर साउंदले डडेल्धुराका बारे केन्द्रका नेता रामचन्द्र पौडेल,र बिमलेन्द्र निधिको अभिब्यक्ती ले सोभा नदिने भएकाले ति नेताहरु लाई आफ्नो जिल्लामा भएका बिबाद मिलाउन सुझाए।
’काग्रेसका बरिष्ट नेता राम चन्द्र पौडेलले डडेल्धुरामा एकलौटि अधिवेसन सम्पन्न भएकाले रद्ध गर्दे पुनः हुनुपर्ने अभिब्यक्तीको पछाडी न लाग्न ’ पुर्ब जिबिस सभापती तथा कांग्रेस नेता रघुबर भट्टले नेता तथा कार्यकर्ताहरु लाई आम सञ्चार माध्यम बाट आग्रह गरे। साथै उनले आफनो जिल्लामा भएका बिबाद मिलाउन र जितेर आउन पनि नेता पौडेल र निधि लाई चुनौती दिए।
बर्तमान अधिवेसन केन्द्रमा आउने १४ औ माहाअधिवेसनमा पार्टि सभापती तथा प्रधानमन्त्री शेर बहादुर देउवा लाई सहयोग गर्ने मुख्य उदेश्य रहेको नेताहरुको भनाई छ । अधिवेसनका बिषयमा बिज्ञप्ती जारि गर्दे र पत्रकार सम्मेलन मार्फत पनि ७ औ जिल्ला अधिवेसन अन्तरगत सम्पन्न वडा अधिवेसनका बारे जानकारि गराईएको हो।
जारी बिज्ञप्तीमा ९ गते देखि सुरु हुने अन्य तहका अधिवेसनमा पनि सहभागीताका लागी क्रयासिल तथा क्षेत्रिय प्रतिनिधि हरु लाई आग्रह गरिएको छ। यता बर्तमान नेतृत्वमा रहेको जिल्ला सभापती कर्ण बहादुर मल्लले वडा अधिवेसन एकलौटी, कडा सुरक्षाका बिच सम्पन्न भएको आरोप लगाएकोमा उक्त समुहले न्यायका लागी सबोच्च अदालत सम्म जाने पनि बताएको छ ।