अत्तरिया - कैलालीको अत्तरियामा रहेको अपांगता भएका बालबालिकाहरुको समुदायमा आधारिता समावेशी शिक्षा सम्वन्धी तालिम सुरु भएको छ । अन्तरराष्ट्रिय संस्था एटोसको सहयोगमा पुर्नस्थापना र विकाशका लागी स्रोत केन्द्र (आरसिआरडि) भक्तपुरको आयोजनामा २ दिने तालिम सुरु भएको हो ।
समुदायमा आधारित समावेशी शिक्षा नीति तथा कार्यक्रमहरुको व्यवस्थापन कसरी गर्न सकिन्छ भन्ने बिषयमा गोदावरी नगरपालिकाका जनप्रतिनिधि सहित नगर शिक्षा समित , अपाङ्गता समन्व्य समिती र लेखाजोखा केन्द्रका प्रमुख र प्रतिनिधिहरुलाई तालिम दिन दुई दिनको तालिमको आयोजना गरिएको पुर्नस्थापना र विकाशका लागी स्रोत केन्द्र (आरसिआरडि) एक्सपोर्ट तथा NFDN का निवर्तमान अध्यक्ष सुर्दशन सुवेदीले जानकारी दिए ।
उनले अपाङ्गता भएका बालबालिकालाई परिवारवाटै कसरी बिधालयसम्म पुञ्याउन सकिन्छ र घरपरिवार रहेर पनि कसरी शिक्षा दिन सकिन्छ भन्ने बिषयमा आफुहरुले अध्ययन गरिहेको यही अध्ययन अनुसार गोदावरी नगरपालिका भित्र शिक्षा संग संम्बधिन्त संघसंस्था र ब्यक्तिहरुसंग छलफल गरिरहेको बताए ।
उनले यस कार्यक्रमको उध्ेश्य भनेको बिधालयको पहुच भन्दा बाहिर रहेको सबै बालबालिकाहरुलाई कसरी बिधालयको पहुँच सम्म पुञ्याउन सकिन्छ र सबैको समावेशीताका लागि सम्बन्धित पक्षले कस्ता निति नियम तथा कार्यक्रमहरु ल्याउनुपर्छ , भौतिक वातावरण कस्तो हुनुपर्छ , पाठ्यक्रमहरु कस्तो ल्याउदाँ अझै सहज हुन्छ भन्ने लगाएतका बिषयमा तालिममा जानकारी गराइरहेको उनले बताए ।
उनले संघियता कार्यनव्यन क्रममा थुप्रै अधिकारहरु स्थानिय सरकारलाई हस्तान्तरण भएपनि ज्ञान हस्तान्तरण नभएकाले हामीले यसो भएन त्यसो भएन भन्नुभन्दा पनि यसरी जादाँ अपाङ्गता भएका बालबालिकाहरु पनि शिक्षामा सहज पहुँच हुन्छ भन्ने किसिमले बाटो देखाउने काम गरिरहेको बताए ।
अन्य क्षेत्र भन्दा अपागंताको क्षेत्र केही जटिल भएकाले यस्तो छलफल तथा तालिमले सम्बन्धित पक्षलाई राम्रो सन्देश जाने र अपांगता भएका बालबालिकाको संरक्षण नीति तथा विद्यालय तहमा उचित व्यवस्थापन हुने उनले विश्वास ब्यक्त गरे ।
उक्त कार्यक्रममा गोदावरी नगरपालिकाका नगरप्रमुख हरि सिंह साउँद , उप प्रमुख रत्ना कडायत , वडा नं ३ का अध्यक्ष मोहन खत्री , शिक्षा शाखा प्रमुख बसन्त कुमार खत्री , आरसिआरडिका निर्देशक सुर्यभक्त प्रजापति, आरसिआरडिका फिल्ड कोडिनेटर शुरेश प्रधान , नगर स्तरीय अपांगता कार्य संजालका अध्यक्ष पुष्पा रोकाया , सूदुरपश्चिम विश्व विधालय केन्द्रीय क्याम्पस महेन्द्रनगरका उप प्राध्यापक डा. यज्ञराज पाण्डेय, उप प्राध्यापक पृत वहादुर विष्ट , दुर्गालक्ष्मी नमुना मा वि अत्तरियाका प्रधानाध्यापक शिवराज जोशी , सुप समावेशी आधारभूत विधालयकी प्रअ देवी साउद लगाएतको सहभागी रहेका थिए । तालिम सोमबार सम्पन्न हुनेछ ।
शुक्रबार र शनिबार शिक्षक, शिक्षिका, अभिभावक, विद्यालय व्यवस्थापन समितिलाई राखेर तालीम दिईएको थियो । औपचारिक कार्यक्रमको संचालन राष्ट्रिय अपाङ्ग महासंघका पूर्व केन्द्रिय सदस्य मान बहादुर साउँदले गरेका थिए ।