अत्तरिया - सेती महाकाली ट्रक यातायात व्यवसायी संघको आगामी ३ बर्षे कार्याकालका लागि अध्यक्षमा पुनः चेतराज जोशी चयन भएका छन ।
आज धनगढीमा भएको संघको १० औं साधारण सभा तथा ८ औं अधिबेशनले आगामी ३ बर्षकालागि जोशीलाई निर्बिरोध चयन गरेको हो ।
साधारणसभाले अध्यक्ष लगायत संघका सम्पुर्ण पदाधिकारी निर्बिरोध चयन गरेको छ । निर्बिरोध चयन हुनेमा संघको बरिस्ठ उपाध्यक्षमा धर्मपाल सिंह रावत, बिरेन्द्र बहादुर सिंह (प्रशासन उपाध्यक्ष ) र धनबहादुर बिष्ट (उद्दार उपाध्यक्ष ) रहेका छन ।
त्यस्तै संघको महासचिव, सचीव, सह–सचीव कोषाध्यक्ष र सह–कोषाध्यक्ष क्रमशः दुर्गा प्रसाद जोशी, मोहन सिंह साउद, तारा धामी, ध्रुबराज कार्की र रमेश बम निर्बिरोध चयन भएका छन ।
यसैगरी ११ जना सदस्य समेत निर्बिरोध चयन गरिएको निर्वाचन कमिटीका संयोजक वीर बहादुर जेठाराले बताए ।
निर्बिरोध निर्बाचित हुने सदस्यहरुमा योगेन्द्र (यम) बम, लोकराज जोशी, हरिश अवस्थी, हरि सिंह महरा, लक्ष्मण बहादुर शाह, प्रेम बिष्ट र सुरेन्द्र बहादुर रावल रहेका छन ।
त्यस्तै अन्य सदस्यहरुमा रमेश प्रसाद बोहरा, सुरेश रिजाल, दीपक भट्टराई र धनबहादुर साउद रहेको संयोजक जेठाराले बताए ।
यस अघि संघका अध्यक्ष चेतराज जोशीको अध्यक्षतामा साधारणसभा सम्पन्न भएको हो । साधारणसभामा नेपाल ट्रक यातायात व्यवसायी महासंघका केन्द्रिय उपाध्यक्ष उपेन्द्र बिष्ट प्रमुख अतिथि रहेका थिए ।