अत्तरिया – आज अन्तराष्ट्रिय युवा दिवस शुदूरपश्चिम प्रदेश सहित देशैभरी बिभिन्न कार्यक्रम गरि मनाईदैछ । नेपालमा सन् २००४ देखि हरेक वर्ष अगस्ट १२ तारिखमा यो दिवस मनाउने गरिएको छ ।
आज विश्वभर ‘शिक्षामा रुपान्तरण र नेपालमा शिक्षामा रुपान्तरण – उद्यमशिलता र नवप्रवर्तन’ भन्ने नाराका साथ युवा दिवस मनाइँदैछ ।
नेपालमा युवासँग काम गर्ने सङ्घसंस्थाको अगुवाइमा पहिलो पटक सन् २००४ देखि दिवस मनाउन थालिएको भए पनि अहिले सरकारले आफैले दिवस मनाउन थालेको छ ।
दिवस मनाए पनि युवाको बेरोजगार, अर्धदक्ष जनशक्ति, गुणस्तरिय शिक्षा जस्ता क्षेत्रमा काम हुन सकेको देखिँदैन ।
युवाका मुद्दालाई सम्बोधन गर्नका लागि नेपालमा युवा विकास तथा परिचालनका लागि विसं २०६५ मा सरकारले युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय युवा नीति २०७२ मा युवा विकासका व्यापक विषय वस्तुलाई नीतिगत रूपमा समावेश गरेको छ । यसैगरी सरकारले विसं २०७२ मा राष्ट्रिय युवा परिषद् ऐन ल्याइ जिल्ला तहसम्म परिषद् गठन गर्दै युवाका क्षेत्रमा काम गर्दै आइरहेको छ ।
यसैगरी नेपाल सरकारको १३ औँ योजनाको आधारपत्रमा युवामा उद्यमशीलता र क्षमता अभिवृद्धि गर्ने, स्वरोजगार तथा आयआर्जन कार्यक्रममा सक्रिय बनाउने र राष्ट्रिय विकासको नेतृत्व गर्न सक्ने गरी सशक्तिकरण गर्ने रणनीति तय गरिएको छ । युवा सँग सम्बन्धित शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, श्रम तथा रोजगार, खेलकूद लगायतका क्षेत्रमा नेपाल सरकारका विभिन्न मन्त्रालयले क्षेत्रगत नीति तर्जुमा गरी कार्यक्रम कार्यान्वयन गर्दै आएका छन् ।
नेपाललाई सन् २०२५ सम्म दु्रत विकासशील राष्ट्रमा र्पुयाउन शिक्षालाई गुणस्तरीय, व्यावसायिक र रोजगार मूलक बनाउँदै सम्पूर्ण युवाको पहँुच सुनिश्चित गर्नका लागि ‘युथभिजन २०२५ सहित दश वर्षे रणनीतिक योजना’ ल्याएको छ । यसैगरी युवालाई स्वरोजगार बनाउनका लागि युवा तथा साना लगानी स्वरोजगार बोर्ड गठन गरिएको छ ।
परिषदका उपाध्यक्ष माधव ढुङ्गेलले युवाका मुद्दालाई सम्बोधन गर्नका लागि सरकार सकारात्मक दिशातर्फ बढेको बताए ।
यसैगरी परिषदले ९० स्थानीय तहमा नमूना युवा संसद् गठन तथा अभ्यास र ७७ स्थानीय तहका एक हजार ९४ वडामा युवा क्लब समेत गठन गरेको छ । विसं २०६८ को राष्ट्रिय जनगणना अनुसार नेपालको जनसङ्ख्याको १६ देखि ४० वर्ष उमेर समूहलाई युवा मान्दा कूल ४०.३५ प्रतिशत अर्थात् एक करोड सात लाख युवा छन् ।
यसैबिच दिबसको अबसरमा आज बिहान धनगढीमा थुप्रै युवायुवतीहरुको सहभागितामा बृहत साईकल र्याली निकालिएको छ ।