अत्तरिया - लोकदोहरी गायक सूर्य बिरही साउँदका छोरा सक्षम साउँदले आफ्नो जन्मदिन सेभ हाउसमा गएर मनाएका छन् ।
राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल सुदुरपश्चिम प्रदेशका सचिब सचिब समेत रहेको गायक साउँदका ५ बर्षिय छोरा सक्षमले आज आफ्नो जन्मदिन अनाथ एमब् असहायहरुलाई संरक्षण दिदै आएको गोदावरी २ अत्तरियामा रहेको महिला तथा बालबालिका सेभ हाउसका बालबालिकाहरुसंगै केक काटेर मनाएका हुन् ।
जन्मदिनको अबसरमा उनले सेभ हाउसलाई खाध्यान्न तथा स्टेस्नरी सामाग्रीहरु सहयोग गरेका छन् । सत्यमका बुवा सूर्य बिरही साउँद र आमा ईन्द्रा नेगीले आफ्ना छोराको जन्मदिनको अबसर पारेर चामल , तरकारी , स्टेसनरी सामाग्रीहरू सेभ हाउसकी अध्यक्ष जानकी मलासीलाई हस्तान्तरण गरेका थिए ।
सानो उमेर देखी नै छोरालाई सत्कर्ममा हिडाउन र सहयोगी भावनाको विकास गराउन सेभ हाउसमा पुगेर जन्मदिन मनाएको गायक सूर्य बिरही साउँदले बताए ।
उनले जन्मदिनमा आफ्नो घरमा आफु मात्रै खुसी मनाउनुभन्दा आमाबुवा नभएका अनाथ , असहाय तथा सडकमा अलपत्र परेका बालबालिकाहरुसंगै जन्मदिन मनाउदा छोरा पनि निकै खुसी भएको बताए ।
उनले जन्मदिनको अबसरमा अनआवश्यक खर्च गर्नुभन्दा सबै अभिभावकहरुले आफ्ना केटाकेटीहरुलाई सानो उमेर देखी नै सही बाटोमा डोञ्याउनका यस्तै ठाउँमा पुगेर जन्मदिन मनाउदाँ निकै लाभदायी हुने बताए ।
साथै उनले अब छिट्टै सेभ हाउसमा रहेका बालबालिकाहरुको स्वरलाई नै समेटेर एउटा गित समेत निकाल्ने तयारीमा रहेको समेत बताए ।
उक्त सेभ हाउसमा अहिले सुदूरपश्चिक सहित देशका बिभिन्न ठाउँका ५२ जना अनाथ , असहाय तथा अलपत्र अबस्थामा रहेको महिला तथा बालबालिकाहरु आवासिय रुपमा रहदै आएका छन् ।