अत्तरिया - कैलालीको गोदावरी नगरपालिका वडा नं ११ र १२ ओलानीमा बाढी र पहिरोले पुञ्याएको क्षतिको अनुगमन गरिएको छ ।
केही दिन पहिले निरन्तरको बर्षापछि आएको बाढी र पहिरोले ओलानीका बिभिन्न स्थानमा पुञ्याएको क्षतिबारे गोदावरी नगरपालिकाका नगरप्रमुख हरि सिंह साउँदले अनुगमन गरेका हुन् ।
नगरप्रमुख साउँद सहित गोदावरी १२ का वडा अध्यक्ष भिम बहादुर खड्का , वडा सदस्य बली साउँद , समाजसेवी गणेश साउँद सहितको टोलीले टुडेला खोलामा रहेको झोलुङ्गे पुल, बाहुनकाडा बस्ती कटान , गोदडा बस्ती कटान, कोलमुडा बड्डी कुलो, सोटेस कुलो ,चौकिगडा कुलो, बादि बस्ति कटान, गोपाल डागि घर नजिक पहिरो , खत्री टोल नजिक पहिरो , हलौडे खहरे खोलाले बगाएको खेत ,घर कुलो ,खानेपनीको स्थलगत अनुगमन गरेको हो ।
अनुगमनका क्रममा धेरै ठाउँमा क्षति पुञ्याएको र यसको रोकथाम गर्न नसके भबिष्यमा ओलानी जोखिममा पर्ने देखिएकाले तत्काल प्राविधिक पठाएर रोकथामको आवश्यक कामको थालनी अगाडी बढाइने नगरप्रमुख साउँदे बताएका छन् ।