अत्तरिया - कैलालीको अत्तरियाको महिला तथा बालबालिका सेभ हाउसलाई सहयोग गरिएको छ । हिन्दु महिलाहरुमा महान चार्ड हरितालिका तिजको अबसर पारेर लायन्स क्लब अफ धनगढी क्वीनले तिजको दर , खाध्यान्न तथा लुगाकपडाहरु सहयोग गरेको हो ।
लायन्स क्लब अफ धनगढी क्वीनले सेभ हाउसमा आवासिय रुपमा रहदै आएका महिला तथा बालबालिकाहरुका लागि भनेर ५ कठ्ठा चामल , १५ किलो दाल , तेल , लुगा धुने सोडा सहित लुगाकपडाहरु सहयोग गरेका छन् ।
उक्त सामाग्रीहरु सुदूरपश्चि प्रदेश सरकारकी आन्तरिक मामिला तथा कानुन मन्त्री पुर्णा जोशीसंगको समन्व्य तथा उपस्थितीमा लायन्स क्लब अफ धनगढी क्वीनका पदाधिकारीहरुले महिला तथा बालबालिका सेभ हाउसकी अध्यक्ष जानकी मलासीलाई हस्तान्तरण गरेका हुन् ।
साथै मन्त्री जोशीले आज दर खाने दिन भएकाले पनि महिला तथा बालबालिकाहरुलाई मिठो मसिनो खान खुवाउन भन्दै नगद समेत दिएकी छन् ।
सहयोग सामाग्री हस्तान्तरण पछि छोटो प्रतिक्रिया दिदै मन्त्री जोशीले राज्यले गर्नुपर्ने दायित्वलाई एक जना महिलाले पुरा गरिरहेको भन्दै सेभ हाउसकी अध्यक्ष जानकी मलासीको प्रशंसा गरिन् । उनले आफु राज्यका निकायमा रहेकाले समाजमा रहेका अनाथ , असहाय एबम् अपाङ्गता भएका पक्षमा आफुले सधैव काम गर्ने बताइन् ।
उनले मन्त्रालयमै पुगेर सेभ हाउसकी अध्यक्षले आफ्ना दुखहरु दर्शाएपछि छोटो समयमै लायन्स क्लब अफ धनगढी क्वीनका पदाधिकारीहरु मिलेर आफुहरु सहयोग गर्न पुगेको बताइन् । उनले आगामी दिनहरुमा क्लबका तर्फवाट र मन्त्रालयका तर्फवाट सहयोग गर्दै जाने बताइन् ।
उनले नजिकिदै गरेको नेपालीहरुको महान चार्ड दशैको समयमा मन्त्रालयका तर्फवाट सेभ हाउसमा रहेकाहरुका लागि नयाँ लुगा कपडा ल्याएर फेरि आउने प्रतिवद्धता जनाइन् ।
आफ्नो निम्तोलाई स्विकार गर्दै सेभ हाउसमा पुगेर सहयोग गरेको भन्दै मन्त्री जोशी लगाएत लायन्स क्लब अफ धनगढी क्वीन परिवारलाई सेभ हाउसकी अध्यक्ष मलासीले धन्यवाद दिइन् ।
उनले आगमी दिनहरुमा प्रदेश सरकारको तर्फवाट साथ सहयोग पाइरहने आशा ब्यक्त गरिन् । सहयोग हस्तान्तरण कार्यक्रममा लायन्स क्लब अफ धनगढी क्वीनकी अध्यक्ष मिना कडेल , संस्थापक अध्यक्ष रक्षा महरा , सचिब निरंजना सिंह , निर्देशक रेनु प्रधान श्रेष्ठ र नेपाल महिला संघकी अध्यक्ष पुष्पा भट्ट लगाएतको सहभागिता रहेको थियो ।