अत्तरिया - नेपाली काग्रेस गोदावरी नगरकमिटिका सभापति हेमप्रकाश उप्रेतीले गुटको राजनिति धेरै दिन नचल्ने बताएका छन् ।
आज अत्तरियामा सम्पन्न १४ औँ महादिवेशन लक्षित नगरस्तरिय अन्तकृया कार्यक्रममा बोल्दै उनले काग्रेसको राजनिति गर्नका लागि कुनै गुटमा नभई सबैले ४ ताराको झण्डामुनी आएर पार्टीलाई एक बनाएर लैजानुपर्ने बताएका हुन् ।
उनले नगरसभापतिको हैसियले कार्यक्रममा उपस्थित हुन सबैलाई आग्रह गरेको भएपनि आफ्नो छुट्टै गुट बनाउदै कार्यक्रमलाई बाहिष्कार गरेपनि भोलीका दिनमा यही ४ ताराको झण्डामुनी आएर बस्नुपर्ने बताए ।
'हेक्का रहोस म भन्न चहान्छु - ति साथीहरुलाई यो १४ औँ महादिवेशन जे जस्तो गरेपनि पछिका दिनहरुमा यदी काग्रेसको राजनिति गर्नुछ भने सबैले यही ४ ताराको झण्डामुनि आउनुपर्छ' उनले भने - 'यहाँ गुटको राजनिति चल्ने वाला छैन , यहा काग्रेसको राजनिति चल्छ ।'
उनले दुवै पक्षलाई मिलाउनका लागि भरपुर प्रयास गरेपनि अर्को पक्षले आफुहरुलाई बाहिष्कार गर्दै जादाँ यो समस्या झन झन बिग्रिदै गएको बताए । उनले पार्टीप्रति माया , त्याग र पार्टीलाई नजिकवाट बुझेकाहरुलाई आफुहरुले मिलाएर अहिले एक ठाउँमा ल्याएको दाबी गरे ।
उनले बिगतमा अलग अलग भएकाहरुलाई आफुहरुले नै मिलाएर आज एकसाथ रहेको बताए ।
'कोलाई भन्छन मिल्ने , मिल्ने भनेको के आकाशमा उड्ने चराको नाम हो र उनले प्रश्न गर्दै भने - 'हिजो मेरो बिपक्षिमा नगरसभापतिमा लडेका दान बहादुर शाह , क्षेत्रिय सभापतिका लागि लडेका सुरत कार्की र दिनेश जोशी अहिले काहाँ छन् उहाँहरु हामीसंगै हुनुहुन्छ , यो हामीले मिलाएको होइन । '
उनले पार्टी भित्र एक जनाले आआफ्ना मान्छेहरु ल्याउदै एक पछि अर्को मान्छेहरु पैदा गर्दै जादाँ पार्टी एकता नहुने बताएका छन् ।