अत्तरिया -नेपाली काँग्रेस गोदावरी नगरसमितीले नगर सम्मेलन आयोजना गरेको छ । मंगलबार बिहान कैलालीको अत्तरियामा जिल्लाको निर्देशन अनुसार कार्यक्रम गरिएको नगरसभापती हेमप्रकाश उप्रेतीले बताए । काँग्रेस को १४ औँ अधिबेशन कैलालीमा अनिश्चित बनेको बेला नगरसम्मेलन आयोजना गरिएको हो ।
नगरसभालाई कैलाली काँग्रेसका सभापती नरनारायण शाह 'मनु' , पूर्व केन्द्रिय सदस्य सुनिल कुमार भन्डारी , हिरा भट्ट,उपसभापती प्रकाश बम, धनगढी उपमहानगरपालिकाका मेयर निर्प ओड लगाएतका नेताहरुले सम्बोधन गरेका थिए । सम्मेलनमा पूर्व सभापती दिर्घराज भाट पक्षिय नेताहरुको भने सहभागिता रहेको थिएन । गोदावरीमा बिगत देखी नै काँग्रेस दुई धार बिभाजित रहँदै आएको छ ।
सभापती मनुको प्रहार
काँग्रेस को नगर सम्मेलनलाई सम्बोधन गर्दै सभापती मनुले पार्टीलाई कृयाशिल बनाउन सम्मेलन आयोजना गरिएको दाबी गरे । उनले अधिबेशनको प्रचारको लागी नभएर नियमित कार्यक्रम अनुसार नै सम्मेलन आयोजना गरिएको प्रष्ट पारे । दिर्घराज भाट पक्षिय नेता कार्यकर्ताले सम्मेलन बहिष्कार गरेपछी काँग्रेस कैलालीका सभापती शाह निकै आक्रोसित बने ।
उनले सम्मेलनमा सहभागी नभएका नेता कार्यकर्ता प्रती लक्षित गर्दै भने सम्मेलनमा नआउनेलाई यो अधिबेशन मार्फत किनारा लगाउनुहोस । 'मैले तीन पटक सम्म भाट दाईलाई यस क्षेत्रको पार्टी मिलाउन आग्रह गरेको थिए , उँहाले पार्टी मिलाउँछु भनेर म सँग छुटीन्नु भएको थियो,' उनले भने,' पार्टीको सभापती उपस्थित भएको कार्यक्रम , पार्टीका केन्द्रिय सदस्य सहभागी भएको कार्यक्रम कसैले बहिष्कार गर्छ भने उनिहरुलाई हामीले मानिरह्नु पर्दैन । हामी कसैका कारीन्दा होइनौ ।'
उनको बोली यतीकैमा रोकिएन उनले अगाडी भने -'यो कुनै मनुले बनाएको कार्यक्रम थिएन जिल्ला कार्यसमितीका सबै साथीहरु बसेर बनाएको कार्यक्रम थियो । हामिले उनीहरुलाई मानीरह्नु पर्ने, उनीहरुले हामीलाई कारिन्दा हलिया सम्झिने । उनिहरुले हामीलाई मान्दैनन भने हामीले पनि उनिहरुलाई मान्नु जरुरी छैन ।'
उनले पार्टी १४ औँ अधिबेशनको संघारमा रहेकाले यस क्षेत्रमा पनि पार्टी एकजुट भएर लाग्नु पर्नेमा जोड दिए । कार्यक्रममा पूर्व केन्द्रिय सदस्य सुनिल कुमार भन्डारी र हिरा भट्ट को पनि सहभागिता रहेको थियो ।