अत्तरिया – पछिल्लो समय बजारमा सिक्का पैसामा कारोवार न्युन हुँदै गएर कसैले सिक्का पैसा लिन नमाने पछि अत्तरियाका एक व्यवसायी हैरान छन । कैलालीको गोदावरी नगरपालिका १ अत्तरियामा थोक तथा खुद्रा किराना पसलको व्यवसाय गरिरहेका यज्ञ राज ओझा लामो समय देखि थुपारिएका सिक्काका कारण हैरान भएका हुन ।
किराना पसल संचालन गरेका ओझाले ग्राहकबाट आउने सिक्का लिने गरेका थिए तर आफुसंग भएका सिक्का होलसेल व्यपारीले पनि नलिने र ग्राहक पनि सिक्का पैसा दिन खोज्दा सहजै लिन नमान्ने गरेको बताए । ‘ग्राहकले सिक्का दिदाँ लिदैन पनि भन्न सकिदैन् । जसले गर्दा सिक्का जम्मा हुँदै गएका छन ।’ ओझाले भने – ‘हामीहरुले डिलरबाट किरानाका सामान किन्छै तर डिलरले सिक्का पैसा लिन मान्दैनन् , सिक्का पैसा लिन भन्जट हुन्छ भन्छन ।’
ओझाले पछिल्लो समय आफूले पनि ग्राहकबाट सिक्का पैसा लिन छोडेका बताए । उनले अहिले आफूसंग सिक्का पैसा १० /१२ हजार जति भएपनि कसैले लिन नमान्दा त्यतिकै थुपारेर राखेको बताए ।
कैलालीकै गोदावरी नगरपालीका १ विजयनगरमा किराना पसल संचालन गरेका धर्म राज जोशी पनि ओझाकै थोक तथा खुद्रा किराना पसलबाट आफ्नो किरानाका सामान लगेर जान्छन । उनको फुटकर किराना पसल भएकाले अझै बढी ग्राहक सिक्का पैसा लिएर पसलमा आउने गर्दछन । तर उनले पनि अहिले सिक्का पैसा लिन छोडेका छन, कारण हो उनले थोकमा सामान किन्ने थोक किराना पसलेले सिक्का पैसा लिन मान्दैनन् । जोशीले भने – ‘पहिले पहिले सिक्का पैसा लिने गर्थे तर आफूले पनि त्यही सिक्का पैसाबाट सामान लिनु पर्छ, होलसेल व्यपारीले सिक्का पैसा लिन नै मान्दैनन् त्यसैले सिक्का पैसाको कारोबार नै बन्द गरेको छु ।’
पछिल्लो समयमा मुल्य बृद्धि हुँदै जादा १ ,२ सिक्का पैसाको कारोबार कम हुँदै गएको छ । १, २ सिक्का पैसाको कारोबार चलन चल्तिमा कम आउँदा सिक्का पैसा लेनदेन पनि कम हुँदै गएको छ । एक ,दुई पाँच र दशका सिक्का पैसामा कारोवार न्युन भएसंगै बजारमा सिक्का पैसा व्यवसायीहरुले लिन नमानेको सर्वसाधारणले गुनासो गरेका छन । केहि व्यवसायीहरुले भने सिक्का पैसा बन्दै नै भईरकेको भन्ने गरेको उपभोक्ताहरुले गुनासो गर्ने गरेका छन ।
व्यवसायीहरुले भने पछिल्लो समय सिक्का पैसा लिएर सामान किन्न धेरै कम संख्यामा मात्रै ग्राहक आउने गरेको बताएका छन ।
राष्ट्रिय वाणिज्य बैंक अत्तरिया शाखा नै लिँदैन सिक्का पैंसा
राष्ट्रिय बाणिज्य बैंक अत्तरिया शाखाका प्रमुख दिर्घराज ओझाले धेरै संख्यामा ल्याएको सिक्का पैसा आफूहरुले नलिने गरेको बताए । उनले सिक्का पैसा बैकबाट वितरण गरिने भएपनि बैकले लिने नगरेको बताए । उनले १,२ सिक्का पैसा लिए पनि बढी संख्यामा आएको सिक्का लिने नगरेको बताए ।
आफूहरुले पनि यस्तो सिक्का पैसा केन्द्रमा पठाउँदा केन्द्रले लिन नमान्ने गरेका कारण र कारोबारमा हुने समस्याले गर्दा नलिने गरेको प्रमुख ओझाले बताए । उनले पछिल्लो समय केन्द्र बैकले सिक्क पैसा लिने नलिने गरेको आफूलाई जानकारी नभएको बताए ।