धनगढी- नेपाली कांग्रेसको १४औँं महाअधिवेशनको प्रक्रिया देशभर शुरु भएको छ । तर कैलाली जिल्लामा वडा अधिवेशन भने अनिश्चित बनेको छ। पार्टीको क्रियाशील सदस्यतामा देखिएको विवाद केन्द्रबाट टुङ्गो लगाउन ढिलो हुँदा वडा अधिवेशन अनिश्चित बनेको कांग्रेसका जिल्ला उपसभापति प्रकाश बमले बताए। वडा अधिवेशन अनिश्चित भएपनी स्थानिय नेता कार्यकर्ताहरुले वडा -वडामा भने प्रचार प्रसार तिब्र परेका छन ।
गोदावरी नगरपालिकामा पनि वडा वडामा अधिवेशनका आँकाक्षी उम्मेदवारहरुले घर दैलो अभियान गरिरहेका छन् । गोदावरीमा कांग्रेसका दुई समुह अलग अलग प्रचारमा जुटेका छन् । दुबै समुह नगरपालिका वडा वडामा पुगेर कृयाशिल मतदाता सँग भेटेर आ -आफ्नो पक्षमा भोट मागिरहेका छन् । गोदावरी नगरपालिकामा बिगत देखी नै कांग्रेस दुई समुहमा बिभजित रहेको छ । १४औँं महाअधिवेशनमा पनि १२ वटै वडामा दुबै समुहको आ- आफ्नो प्यानल सहित चुनावमा जाने तयारी भईरहेको दुबै समुहका नेताहरुले बताउँदै आएका छन् ।
प्रचार प्रसारको क्रममा दुबै समुह एक अर्का बिरुद्ध आक्रामक प्रचारमा जुटेका छन् । महाअधिवेशन मार्फत आ -आफ्नो पक्षमा नेत्रित्व ल्याउन सके आउँदो निर्बाचनमा उम्मेदवारी दिन आफ्नो पक्षलाई सहज हुने आँकलन गरेर नेत्रित्व हत्याउन प्रयासमा दुबै गुट सकृय रहेका छन् । प्रचारकै क्रममा रहेका एक नेताका अनुसार अहिले सम्म दुबै समुह मिलेर जाने सम्भाबना निकै कम रहेको छ ।
गत चुनावमा कांग्रेसका गोदावरी नगरपालिकाका मेयर का उम्मेदवार बिरेन्द्र भट्ट लगाएतकालाई हराएको भन्दै सो समुह अर्को पक्षलाई जसरी पनि महाअधिवेशनमा हराउने रणनितीमा रहेको छ । सो समुहलाई नेत्रित्व गर्दै आएका पूर्व सांसद दिर्घराज भाटले केही दिन अघि आफु पक्षिय वडा नम्बर २ का अगुवा कार्यकर्तालाई सम्बोधन गर्दै गत चुनावमा हराउनेलाई यो महाअधिवेशनमा जसरी पनि हराएर नै छोड्ने उदघोष गरेका थिए । उनको अबिब्यक्ती पछि अर्को समुह झनै आक्रोसित बनेको छ ।
अर्को समुहमा रहेका गोदावरी नगर सभापती हेमप्रकाश उप्रेतीले पूर्व सांसद दिर्घराज भाटको भूमिका अभिभाबकिय हुनुपर्नेमा त्यसो हुन नसकेको बताए । 'गत चुनावमा कांग्रेसले नै कांग्रेसका उम्मेदवार हरायो भन्ने आरोप सत्य होइन,' उनले भने,' गोदावरीमा ल हामीले हरायौँ रे चुरेमा कसले हरायो ,गौरीगंगा मा कसले हरायो त ? देशभर के कांग्रेसलाई हामीले हराएको हो र , त्यसैले त्यो कुरा उँहाहरुले प्रमाणित गर्नु पर्यो त्यसै आरोप लगाउनु भएन।' उनले केही दिनमा जिल्ला कै निर्देशनमा गोदावरीमा नगर सम्मेलन गर्ने पनि बताए ।