अत्तरिया - २० औँ अन्तराष्ट्रिय युवा दिवस सुदुरपश्चिम सहित देश विदेशमा बिभिन्न कार्यक्रमहरु गरि मनाइने तयारी भैरहेको छ । "शिक्षामा रुपमन्तरण , उधमशिलता र नवप्रर्वतन" भन्ने मुल नाराका साथ दिवसको पुर्व सन्ध्या धनगढीमा आज प्रभात फेरि निकालिनुका साथै सेती अञ्चल अस्पतालमा रहेका बिरामीहरुलाई फलफुल वितरण गरिएको छ ।
सुदुरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयको आयोजना तथा धनगढी उप महानगरपालिका र जिल्ला युवा समिति कैलालीको सहकार्यमा धनगढी बजारमा प्रभात फेरि पश्चात सेती अञ्चल अस्पतालमा रहेका बिरामीहरुलाई फलफुल वितरण गरिएको सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीका स्वकिय सचिब शेर बहादुर बिष्टले जनकारी दिए । 
धनगढी उपमहानगरपालिकाको कार्यालयवाट सुरु भएको प्रभात फेरि धनगढीको मुख्य चोक हुदै सामाजिक विकास मन्त्रालयको कार्यालयमा पुगेर कोण सभामा परिणत भएको थियो । प्रभातफेरीमा कैलालीमा क्रियाशिल संघसंस्था, बिभिन्न कार्यालय, विद्यालय तथा क्याम्पसका विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
सामाजिक विकास मन्त्रालयका सचिब गोगन बहादुर हमालको अध्यक्षतामा भएको कोण सभा कार्यक्रमका प्रमुख अतिथी सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले आजका युवाहरु नै भोलीका देशका एक कर्णधार रहेको बताए ।
उनले देशमा बढ्दो बेरोजगारक कारण थुप्रै युवाहरुले बिदेशिनु पर्ने बाध्यतालाई प्रदेश र केन्द्रिय सरकारले आफ्नै देशमा राजगारी सिर्जना गर्ने गरि योजना बनाइरहेको बताए । उनले देशका युवाहरुलाई कुलत एबम् गैरकानुनी कृयाकलापहरुवाट सचेत गराउन सामाजिक विकास मन्त्रालले विभिन्न कार्यक्रमहरु तय गरि हरेक युवाहरुलाई आत्मनिर्भर र स्वाभलम्बि बनाउने योजना रहेको बताए ।
मन्त्री सुवेदीले देशका कर्णधार युवाहरुलाई अब आफु भित्र एक सच्चा राष्ट्रभक्ति , देशभक्तिको भावनाको विकास गरि राष्ट्र निर्माणमा आ आफ्नो क्षेत्रवाट महत्वपुर्ण सुझाव , सल्लाहा र योगदान दिन आग्रह गरे ।
"मन्त्रालयले युवाको लगानी प्रदेशक लागि" भन्ने मुल उध्श्यका साथ बिभिन्न खालका महत्वपुर्ण कार्यक्रमहरु ल्याएको मन्त्री सुवेदीको भनाई छ । कार्यक्रमका विशिष्ट अतिथी धनगढी उप महानगरपालिकाका नगरप्रमुख नृप बहादुर वडले युवा बिना कुनै पनि विकास निर्माणका काम सम्भव नभएकाले हरेक ठाउमा युवाहरुको भुमिका महत्वपुर्ण रहेको बताए ।
उनले अहिले रोजगारीका लागि दैनिक सयौको संख्यामा खाडी मुलुकमा गइरहेका युवाको पलायनलाई रोकि स्वदेशमै केहि गर्ने वाताबरण सृजना गर्न स्थानिय प्रदेश र केन्द्र सरकार सबैले गम्भिर भएर लाग्नुपर्ने बताए ।
मन्त्रालयका सचिब गोगन बहादुर हमालका अनुसार तिन चरण चरणमा मनाइने युवा दिवस अन्र्तगत आज पहिलो दिन प्रभात फेरि र सेती अञ्चल अस्पतालमा रहेका करिब २८० जना बिरामीहरुलाई फलफुल वितरण र भोली सोमवार थुप्रै युवाहरुको सहभागितामा बृहत साईकल र्यालीको आयोजना गरिएको छ ।