धनगढी - बाल कलाकार मनिषा भट्टलाई आर्थिक सहयोग हस्तान्तरण गरिएको छ। सुदूरपश्चिमको भाषा,कला,संस्कृति र मौलिक लोकदेउडा एवं लोकभाकालाई प्रचारप्रसार तथा संरक्षणका लागि लागिपरेको नौगेडीले मनिषालाई नगद र जिन्सी सामाग्री उपलब्ध गराएको हो।
स्वदेश तथा विदेशबाट विभित्र व्यक्तिहरुले आफुखुशी पठाएको नगद रु १७५०० र स्टेसनरी सामाग्री गरि करिबन २२००० हजार बराबरको रकम शनिबार एक कार्यक्रमका बिच मनिषाको आमा र मनिषाको उपस्थितिमा हस्तान्तरण गरिएको समर्पण मिडिया धनगढीका संचालक तथा नौगेडी कार्यक्रमका व्यवस्थापक डिल्लीराज ओझाले बताए ।
उनका अनुसार दहाल पुस्तक पसल धनगढीका प्रबन्धक मेखराज दहालबाट स्टेसनरी ५००० र नगद २००० गरि जम्मा ७०००,धनगढी उपमहानगरपालिका ५ जाइँ घर भै हाल कुबेतमा बस्दै आउनुभएका अमर खड्काबाट नगद रु ५५००,शिखर नगरपालिका डोटी घर भै हाल अस्ट्रेलिया बस्दै आउनुभएका विवश जोराबाट नगद रु ५०००,धनगढी उपमहानगरपालिका ३ बोराडाँडीमा रहेको श्री केदार सहकारी संस्थाका व्यवस्थापक एवं नेकपा माओवादी केन्द्र धनगढी उपमहानगरपालिका ३ का वडाध्यक्ष सुन्दर सिंह धामीबाट नगद रु ३००० र डोटीको आदर्श गाउँपालिका घर भै हाल प्रवासमा बस्दै आउनुभएका सर्जक रमेश थापा संघर्षबाट नगद रु ः२००० प्राप्त भएको थियो।
नौगेडीको १२औं भागमा कलाकार जे आर भट्टबाट सम्पर्कमा आएकी बाल कलाकार भट्ट अत्यन्तै प्रतिभावान छन् ।
उनी दोहोरीमा विपक्षीलाई कडा टुक्का प्रहार गर्ने क्षमता राख्दछिन । छोरीलाई गाउन र पढ्नमा अत्यन्तै रहर छ तर घरको आर्थिक स्थिति दयनीय भएकाले छोरीले अगाडि बढ्न सकेको छैन ,पढाईलाई नै छोड्नुपर्ने स्थिति आउन लागेको थियो तर नौगेडी टिम र समर्पण मिडियाले ठूलो गुन लगाइदियो यो गुन कहिल्यै भुल्ने छैन मनिषाकि आमा जानकी बताउँछन् ।
कार्यक्रम नौगेडीलाइ देश तथा विदेशका कुना कुनासम्म पु¥याउने लक्ष्यका साथ अगाडि बढेको र आफुहरु त्यसमा सक्दो मिहिनेत गरिरहेको नौगेडीका परिकल्पनाकार एवं संचालक सुरेन्द्र संगम बताउँछन् ।
सनिवार मात्रै नौगेडेको १३,१४ र १५ भाग बोलन्या थलीको सेटमा छायांकन भएको छ । समर्पण मिडिया धनगढी र नौगेडी अनलाइनको उत्पादन एवं बोलन्या थलिको संयोजनमा कार्यक्रम उत्पादन हुने गर्दछ ।यो कार्यक्रम हरेक हप्ताको सोमबार र शुक्रबार बेलुकी ८ः०० बजे समर्पण मिडिया धनगढीको युट्युब च्यानलबाट प्रसारण हुँदै आएको छ।