अत्तरिया - पछिल्लो समय नेपाली गित संगितमा नयाँ नयाँ प्रतिभाहरु बाहिर आइरहेका छन् । कतिपयले आफु भित्र रहेको प्रतिभालाई बाहिर ल्याएर सबै माझ एक प्रतिभावान कलाकारका रुपमा स्थापित भैरहेका छन् भने कतिपयले आफ्नो कलालाई आफै भित्र लुकाएर राखेका छन् । यसैक्रममा अत्तरियामा पनि एक जना यस्ती बालिका भेटिएकी छन् , जो उमेरमा सानी छिन् तर उनको स्वरमा भने जादु छ ।
कैलालीको गोदावरी नगरपालिका वडा नं २ बस्ने ईशा ऐर उमेरले १४ बर्षकी भईन् । उनी अत्तरिया स्थित सत्यवती एकेडेमीमा कक्षा १० मा अध्ययनरत छिन् । उनले जस्तो सुकै लय , शब्द भएका नेपाली गितहरुलाई सजिलै संग गाउने गरेकी छन् । आफु बुझ्ने भएदेखी नै सबै गितहरु सुन्ने र गित संगितलाई मन पराउने गरेको उनले बताइन् ।
“मलाई गित गाँउन धेरै मन पर्छ ” उनले भनिन् – “म जहिले देखी बुझ्ने भए त्यहिले देखी गित गुनगुनाउन सुरु गर्दथ्ये । मेरो उमेर अहिले पनि सानै छ , अहिले मैले पढ्नु छ तर जब म सबै कुरा बुझ्ने हुन्छु , सबैको सहयोग र साथ पाउँछु अनि मात्रै गित संगितमा लाग्छु ।” उनले अहिले आफ्ना लागि सबै भन्दा ठुलो कुरा पढाइ भएकाले पढाइलाई पहिलो प्राथमिकता दिएको बताइन् ।
आफ्नो विधालय संगै कहि कतै हुने सास्कृतिक कार्यक्रमहरुमा छिटफुट रुपमा गितहरु गाउने गरेको बताउदै उनले सबैले आफ्नो स्वरलाई राम्रो रहेको भन्दै थप उर्जा र हौसला दिइ रहेकोमा खुसी ब्यक्त गरिन् । उनले यसरी नै सबैको साथ पाएमा अहिले नभएपनि केहि बर्ष पछि नेपालमा हुने बिभिन्न संगितिक रियालिटि सो हरुमा पनि भाग लिने योजना रहेको सुनाइन् ।
सत्यवती एकेडेमीका शिक्षक समिर महराले पनि सानो उमेर मै यति राम्रो कला भएकी बालिका ऐरले राम्रो गर्न सके नेपाली गित संगितको क्षेत्रमा एक सफल र उदाउदो कलाकारका रुपमा स्थापित हुने बताए । शिक्षक महराका अनुसार उनी पढाइमा पनि निकै मेहेनती रहेकी छन् । उनले यसरी नै आफ्नो कलालाई बचाएर राखेमा र सबैको साथ सहायोग पाएमा अबश्य सफल हुने उनको भनाई छ ।
भिडियो हेर्नुस......