धनगढी -सुदुरपश्चिम प्रदेशमा नेकपा (एकीकृत समाजवादी) ठुलो दल बन्ने सम्भाबना कम हुँदै गएको छ । प्रदेश सभामा एमालेका २४ साँसद छन । ति मध्य १० जनाले माधव नेपाल नेत्रित्वको समाजबादीको पक्षमा सनाखत गरेका छन ।
आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशी, सामाजिक विकास मन्त्री लालबहादुर खड्का, पूर्वमन्त्री माया भट्ट, राज्यमन्त्रीहरु चुनकुमारी चौधरी, मनाकुमारी साउँद, प्रमुख सचेतक दुर्गा कुमारी कामी, प्रदेश सांसद कुलविर चौधरी, अमरबहादुर साउद, बलबहदुर सोडारी र सुशिला बुढाथोकीले समाजवादीको पक्षमा सनाखत गरेका हुन्।
यस्तै भौतिक पूर्वाधार विकासमन्त्री दीर्घबहादुर सोडारी, अर्थ राज्यमन्त्री अर्चना गहतराज र तारालामा तमाङले पनि समाजबादी कै पक्षमा सनाखत गर्ने यस अघि बताउँदै आएका थिए । तर अर्थ राज्यमन्त्री अर्चना गहतराजले एमालेमा नै रह्ने बताएपछि अब समाजबादीको पक्षमा १२ जना साँसद पुग्ने भएका छन ।
विगतमा नेपाल समूहमा रहेका आर्थिक मामिलामन्त्री प्रकाश बहादुर शाह, पूर्वमन्त्री कृष्णराज सुबेदी, साँसदहरु प्रकाश रावल र हर्क कुँवर पनि अब एमालेमा नै रहने भएका छन । दल विभाजनसम्बन्धी अध्यादेशअनुसार एमालेका प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई २२ भदौसम्म दल रोज्ने अधिकार निर्वाचन आयोगले दिएको छ।
यदपी नेताहरुले फेरी प्रभाबमा पारेर सांसदहरुलाई एमालेमा नै राख्ने रणनिती बनाउन सक्ने भन्दै उनिहरुले निर्बाचन आयोगले दिएको समय सिमा अगाडी नै सनाखत गरेका हुन ।