धनगढी - अल्ट उड (पि.भि.सि, डब्लु.पि.सि) बोर्ड र ढोका बारेमा धनगढीका व्यापारी तथा मिस्त्री संग छलफल गरिएको छ । वन्डर मेटरियल्स प्रा.लिद्वारा नेपालमै उत्पादित उच्च गुणस्तरिय प्रबिधीद्वारा निर्मित बोर्डको प्रयोग र यसबाट बन्न सक्ने संरचनाका बारेमा शुक्रवार धनगढीका व्यापारी तथा मिस्त्री संग छलफल गरिएको हो ।
सुदूरपश्चिम प्रदेशको महेन्द्रनगबाट विगत ३ महिना देखी आफ्नो सामान पठाएको सो कम्पनीले अहिले एक करोड बढीको कारोबार गर्न सफल भएको कार्यक्रममा जानकारी गराइएको छ । कम्पनिका मेनिजिङ डाइरेक्टर महेशकुमार वाहितीले नेपालमै पहिलोपट सो प्रबिधीबाट निर्मित अल्ट उड बोर्ड अन्य प्लाई भन्दा उच्च गणस्तरिय रहेको बताए ।
वातावरणीय प्रदुषणमा समेत कुनै असर नपर्ने अल्ट उड बोर्ड प्लास्टिकबाट निर्माण गरिने गरेको उनले बताए । बोर्डलाई झ्याल, ढोका, फिटिङ, घरको डेकुरेसन संग कम्पाउड निर्माणमा समेत आवश्यकता अनुसार प्रयोग गर्न सकिने छ । उनका अनुसार बोर्डलाई पानी र आगोले कुनै असर गर्दैन ।
यसका अलावा बोर्डमा किरा नलाग्ने, अल्ट्रा भ्वाइलेज प्रतिरोधि क्षमता भएको समेत उनले बताए । उनले बोर्डको माग समेत उच्च रहेको बताए । अल्ट उड बोर्ड काठको विकल्प भएको मेनेजिङ डाइरेक्टर वहीतीले बताए । हाल ६ एम.एम देखी ३८ एम.एम सम्मका अल्ट उड बोर्ड बजारमा उपलब्ध भएको मेनेजिङ डाइरेक्टर बहितीले बताए । पोलिभिनाइल क्लोराइड अर्थात पि.भि.सी बाट उत्पादन भएको यो बोर्ड नोपलको पूर्वी क्षेत्र विराटनगरबाट उत्पादन हुने गरेको छ ।
यसबाट फनिर्चरका कुनै पनि सामाग्री निर्माण गरी प्रयोग गर्न सकिने कम्पनिको दाबी छ । उच्च गुणस्तरिय कच्चा पदार्थको प्रयोग गरेर निर्माण गर्न सकिने यो प्लाई चिनियाँ प्रबिधी बाट निर्माण गरिनछ । यो प्रबिधीबाट निर्मित प्लाईले विश्वभर मार्केट लिइरहेको छ । नेपालको हरियो वनलाई धन बनाई राख्न तथा पृथ्वीको ओजन क्षेतमालाई सन्तुलन बनाई भावि सन्ततिको जीवन रक्षाका लागि वन बिनास हुनबाट रोक्न अल्ट उड बोर्डको प्रयोग गरिनु आवश्यक रहेको मेनेजिङ डाइरेकटर बहितीले बताए ।
अत्तरियाका लागि अल्ट उड बोर्डको आधिकारिक बिक्रेता न्यू अरुण टेड एण्ड सप्लायर्सका सञ्चालक सविन पाठकले अन्य बोर्डको तुलनामा अल्ट उड निक्कै बलियो र टिकाउ भएको बताए । अल्ट उड प्रयोग गर्ने ग्राहकबाट पनि राम्रो प्रतिक्रिया आएको भन्दै उनले अल्ट उड बोर्डले राम्रो मार्केट लिइरहेको बताए ।