डडेल्धुरा- नागरिक समाज पारस्पारिक जवाफदेहिता परियोजना नागरिक समाजद्धारा सार्वजनिक सेवा प्रवाहको निगरानी सम्बन्धि एक दिने अभिमुखिकरण कार्यक्रम समपन्न भएको छ ।
डडेल्धुरा सदरमुकाममा यूएसएआइडीको आर्थिक सहयोगमा एफएचआई ३६० र संजिवनी नेपाल कञ्चनपुरको आयोजनामा शनिबार उक्त कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा नागरिक समाजका काम कर्तव्य अधिकारका बारेमा सरोकारावाला पक्षसँग छलफल गरिएको थियो । कार्यक्रममा नेपाल राष्ट्रिय समाज कल्याण संघका पारस गिरीले अभिमुखिकरण गरेका थिए । नेपालमा समग्र विकास मात्र नभएर राजतन्त्रको अन्तय देखि लिएर गणतन्त्र स्थापना,०६२÷६३ को आन्दोलनमा समेत नागरिक समाजको अतुलनिय भुमिका रहेको गिरीको भनाइ थियो ।
उनले भने – ‘राज्य तथा नागरिकको हित अभिवृद्धिका लागि राज्यको तर्फबाट नागरिकलाई प्रदान गरिने नियमनकारी,जीवन निर्वाहसम्बन्धी, मानव सशक्तिकरणसम्बन्धि, कल्याणकारी तथा व्यवसायिक सेवालाई सहज, सरल, मितव्ययी एवं विभेदरहित तवरले प्रदान गर्ने पद्धति एवं प्रक्रिया नै सार्वजनिक सेवा प्रवाह भएकाले समाज रुपान्तरणमा नागरिक समाजको महत्वपूर्ण भुमिका हुन्छ । कार्यक्रममा संजिवनी नेपाल कञ्चनपुरका संयोजक नितु भण्डारीले नेपालमा सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउनका लागि संवैधानिक नीतिगत, कानुनी एवं संरचनागत व्यवस्था गर्नका लागि नागरिक समाजको महत्वपूर्ण भुमिका रहेको बताइन ।
सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउनका लागि नागरिक समाज कटिबद्ध भएर लागेको नागरिक समाजका अगुवाको भनाइ थियो । कानुनको प्रभावकारी कार्यान्यन एवं सेवा वितरण प्रति कटिबद्ध रहने, सार्वजनिक प्रशासनले शिघ्रता एवं नवप्रवर्तनमा जोड दिने, जनता एवं नागरिक समाजले निरन्तर दबाब दिइरहने, सामाजिक संघ संस्थाले सरकारलाई सहयोग गर्ने कुरामा ध्यान दिईरहेका भएपनि नागरिक समाजलाई सरकारले उपेक्षा गरेको प्रति उनिहरुले गुनासो पोखे ।
संजिवनी नेपाल डडेल्धुराका संयोजक मज्जु भण्डारीले नागरिक समाज डडेल्धुराले समाजमा हुने विकूति विसंगति तथा समाजमा हुने जघन्य अपराधमा नागरिक समाज सचेत हुनु जरुरी रहेको बताइन् ।
कार्यक्रममा स्थानीय तहका योजना तर्जुमा, कार्यान्वयन र अनुगमनमा जनसहभागिता वढाउनुपर्ने, स्थानिय तहमा सार्वजनिक सूनूवाई, सार्वजनिक परीक्षण, सामाजिक परीक्षण जस्ता विधिको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने,स्थानीय तहमा सु–शासन नीति वनाएर नागरिक समाज समेतको सहभागितामा सु–शासन समिति गठन गर्ने र क्रियाशिल वनाउने, जिसस डडेल्धुरा र नागरिक समाजको तर्फवाट समन्वय गरेर अनुगमनमा प्रभावकारिता ल्याउने,नागरिक समाजको भूमिकालाई थप सक्रिय र क्रियाशिल वनाउनुपर्ने लगायतका वँुदाहरुमा सामूहिक प्रतिवद्दता गराएको छ ।
यसैविच पारस्परीक जवाफ देहिता परीयोजना द्धारा संञ्चालित संजिबनि नेपाल कंन्चनपुरको आयोजनामा पत्रकार भेटघाट कार्यक्रमको पनि आयोजना गरिएको थियो । भेटघाट कार्यक्रममा अमरगढी नगरपालिकाको आर्थिक वर्ष २०७४÷७५ को पेश भएका वित्तीय विवरण र सोसँग सम्बन्धित कागजातको लेखापरीक्षण प्रस्तुत गरिएको थियो ।