अत्तरिया - मंगलबार दिउँसोको करिब डेढ बजेको थियो । गोदावरी नगरपालिकाको कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली पुग्यो । यस बिषयमा कसैलाई जानकारी थिएन । अख्तियार टोली नगरपालिकामा आएको छ भन्ने बिषेश सुचना आधारमा गोदावरी न्युजको टिम पनि नगरपालिकाको कार्यालयमा पुग्यो ।
हामी निकै हतार हतारमा नगरपालिकाको कार्यालयमा पुग्यौ । सुरुमा हामी प्रमुख प्रशासकिय अधिकृतको कार्यकक्षमा गयौ , उक्त टोली त्यहाँ नदेखे पछि नगरप्रमुखको कार्यकक्ष सहित सम्पूर्ण शाखामा पुग्यौ ।
तर अख्तियारवाट आएको ३ जनाको टोली नगरप्रमुखको बैठक कक्षमा बसेर नगरपालिकाका कागजात चेकजाँच गरिरहेको थियो । ढोका लगाएको थियो ।
हामीले ढोका खोल्दै भन्यौ – 'सर हामी मिडियावाट हजुरहरु अख्तियारवाट आएको भन्ने जानकारी पाएर आएको , फोटो खिच्न मिल्छ ? " तर जबाफमा हुदैन फोटोे खिच्न मिल्दैन भन्ने उत्तर आयो । त्यसपछि हामी बाहिर आयौ । त्यसको केही समयपछि क्यामरा सहितको मिडियाका धेरै साथीहरुलाई देखेपछि उक्त टोलीका एक जनाले ढोका खोलेर फोटो खिच्न दिए ।
सामान्यतया अख्तियार कुनै बिषयमा उजुरी परेपछि त्यसबारे छानबिन गर्न अख्तियारको सुदूरपश्चिम कार्यालय महेन्द्रनगरको टोली आउने गरेको भएपनि उक्त टोली भने काठमाण्डौ केन्द्रबाटै आएको रहेछ । त्यसपछि सबैको झन जनचासो बढ्यो ।
त्यसपछि हामी प्रमुख प्रशासकिय अधिकृत देवराज जोशीको कार्यकक्षमा गयौ र हामीले सोध्यौ अख्तियारको टोली आएको रहेछ , किन आएको रहेछ सर ? यस बारे जबाफमा प्रमुख प्रशासकिय अधिकृत जोशीले यो अख्तियारको नियमित रुपमा आफ्नो काम गर्न नगरपालिकामा पुगेको बताए ।
उनले उक्त टोलीमा केन्द्रका बिज्ञहरु आएको यस बिषयमा आफुलाई पहिले नै जानकारी गराएको बताए ।
उनले अख्तियारको टोली उजुरीको आधारमा नआएको दाबी गरे । उनले अख्तियारको टोलीले नमुनाका रुपमा गत बर्षका कागजातहरु हेरिरहेको बताए ।
"उहाहरुले हामी आउदैछौ भनेर ८\९ गते नै भनेर जानकारी गराएका थिए , उहाँहरुको यो नियमित कार्य नै हो यसवाट हामीलाई राम्रो फिटब्याक मिल्छ" उनले अगाडी भने - "हाम्रा केही गल्ती कमी कमजोरीहरु भए त्यसलाई सुधार गर्ने पनि मौका पाइन्छ ।"
पछि यस बिषयमा हामीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका केन्द्रिय प्रबक्ता नारायण प्रसाद रिजाललाई सम्पर्क गञ्यौ तर उनको फोन उठेन । त्यसपछि हामीले सहायक प्रवक्ता एबम् सुचना अधिकारी वेदप्रसाद भण्डारीलाई सम्पर्क गर्दै यस बिषयमा जानकारी लियौ ।
उनले उजुरीका आधारमा छानबिन गर्न टोली गोदावरी नगरपालिकामा पुगेको बताए । उनले गोदावरीमा मात्रै नभएर सुदूरपश्चिका अन्य स्थानिय तहका पनि उजुरी परेकाले त्यहाँ पनि अनुसन्धान गरिने बताएका छन् ।
कुनै ठाउँवाट उजुरी परेपछि मात्रै हाम्रो टोली त्यहाँ पुग्छ , छानबिन तथा अनुसन्धानका लागि स्थलगत रुपमै कागजातहरु हेरिन्छ , प्रमाणहरु जुटाइन्छ उनले भने यो सबै भएपछि मात्रै वास्तविक कुरा पत्ता लाग्ने हो , त्यसैले अनुसन्धानका लागि टोली त्यहा पुगेको हो अहिले छानबिन गरिरहेको छ ।
गोदावरीको कुन बिषयमा उजुरी परेको हो भन्ने बिषय भने खुलाउन नमिल्ने सहायक प्रवक्ता भण्डारीले बताए । उनले गोदावरी सहित अन्य स्थानिय तहमा पनि अनुन्धान गरिने भएपनि त्यो पनि खुलाउन नमिल्ने बताएका छन् ।