अत्तरिया -नेपाली कांग्रेसको १४औँ महाधिवेशनका तालिका निजिकिँदै जाँदा कैलालीको गोदावरीमा नेता कार्यकर्ताहरुको सकृयता बढेको छ । नगरपालिका भित्रका बिभिन्न वडाहरुमा भेला छलफल तिब्र हुन थालेका छन । केन्द्रमा देउबा पक्षिय नेता कार्यकर्ताहरुको बाहुल्यता रहेपनी नगरपालिका मा भने दुई गुटले प्रष्ट रुपमा अगामी वडा नगर र क्षेत्रमा आ- आफ्नो नेत्रित्वलाई ल्याउने कसरत शुरु गरेका छन ।
यँहा काँग्रेस कैलालीका पूर्व सभापती दिर्घराज भाट नेत्रित्वको एउटा टिम सकृय रहेको छ । उक्त टिममा बिरेन्द्र भट्ट ,उत्तम कठायत ,टिकादत्त जोशी,गोपाल भट्ट , बसन्त रोकाया लगाएतका नेताहरु सकृय रहेका छन ।
अर्को टिम माहासमिती सदस्य डा .लक्ष्मीराज पाठकको नेत्रित्वमा सकृय रहेको छ । उक्त टिममा बर्तमान महासमिति सदस्य पदमराज भट्ट , जिल्ला सदस्य तथा नेपाली काङ्ग्रेस को तर्फबाट प्रदेशसभा सदस्यका प्रत्याशी यज्ञराज चौधरी, क्षेत्रिय सभापती दिनेशराज जोशी , नेपाली काँग्रेस जिल्ला कार्यसमिति सदस्य पुस्पराज जोशी, नगर सभापति हेमप्रकाश उप्रेती नगरसचिव तेज खड्का , जिल्ला सल्लाहकार सदस्य सुरत कार्की , पुर्ब क्षेत्रीय सचीव लोक राज पाण्डे , फणीन्द्र भण्डारी , नेपाल तरुण दल गोदावरी नगरपालिका का नगर सभापति शंकर खड्का लगाएतका नेताहरु सकृय रहेका छन ।
पाठक समुह जिल्ला कार्यसमितीको निर्णय भन्दै वडा वडामा भेला छलफल गर्दै आएको छ । उक्त समुहले गरेको कार्यक्रममा भाट पक्षिय नेताहरुको सहभागीता भने रहेको छैन । जिल्लाको परिपत्र अनुसार नै वडाहरुमा कार्यक्रम गरिरहेको नेपाली काँग्रेस गोदावरी नगर सभापति हेमप्रकाश उप्रेती बताउँदछन् । 'हामीले जिल्लाको नियमित कार्यक्रम अनुसार नै कार्यक्रम गरिरहेका छौं, कार्यक्रम कुनै गुटको होइन त्यँहा जिल्लाका नेताहरु पनि आउने गरेका छन्,' सभापती उप्रेतीले भने,' बरु अर्को पक्षले गर्ने गुटको भेला होला । उँहाहरु एक्लै एक्लै कार्यक्रम गरिरह्नु भएको छ ।
उता भाट पक्षिय नेता टिकादत्त जोशीले अहिले पार्टीका नाममा भईरहेका भेलाहरु बिधान बिपरित भईरहेको दाबी गरे ।' म पनि जिल्ला कमिटीको आम्रन्त्रीत सदस्य हुँं । पार्टी को अदिबेशन आउनु ६ महिना अघि यस्ता कार्यक्रम गर्न नहुने बिधानमा उल्लेख नै छ,' उनले भने ,' पार्टीका नाम हुने गरेका अहिलेका भेला गुटका मात्रै भेला हुन । '
वडा नम्बर २ को भेला
गोदावरी नगरपालिका वडा नम्बर २ मा भाट समुहले नै अगुवा कार्यकर्ता सँग शनिबार छलफल गरेको छ । अत्तरिया रिङ्गरोडमा रहेको एक होटेलमा उक्त समुहले आफु पक्षिय नेता कार्यकर्ता सँग छलफल गरेको हो । तर उक्त भेलामा अर्को पक्षका नेता कार्यकर्ताहरुको सहभागीता भने रहेको थिएन । आसन्न वडा अदिबेशनमा दुबै टिमले प्यानल सहित निर्बाचनमा जाने तयारी थालेको छ ।