काठमान्डौ -सुदुरपश्चिम प्रदेश सभामा नेकपा (एकीकृत समाजवादी) ठुलो दल बन्ने भएको छ । नेकपा एमाले बिभाजन भएर माधव नेपालको नेत्रित्वमा बनेको एकीकृत समाजवादी पार्टीमा १४ जना सांसद जाने दाबी गरिएको छ । पूर्व माधव समुहका बहुमत सदस्य एकीकृत समाजवादी मा जाने निश्चित जस्त्तै भएको उक्त पार्टी निकट एक सांसदले बताए ।
उक्त पार्टीमा बर्तमान प्रदेश सरकारमा रहेको मन्त्री दिर्घ सोडारी, लाल बहादुर खड्का ,पूर्णा जोशी, चुनुकुमारी चौधरी लगाएत जाने भएका छन । तर आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश शाह भने नेकपा एमाले मै रहने भएका छन । त्यस्तै सांसद प्रकाश रावल पनि एमाले मै रहने भएका छन ।
सांसद अमर साउँद, बलबहादुर सोडारी , कृष्णराज सुबेदी ,माया भट्ट, तारालामा तामाङ लगाएत पनि समाजबादीमा नै जाने भएका छन । बिगतमा माधव नेपाल समुहमा यँहाको प्रदेश सभामा १७ जना थिए । सुदुरपश्चिम प्रदेशमा माओबादी नेत्रित्वको सरकार रहेको छ ।
एमाले ओली समुहले सरकार फेरबदल गर्ने पटक पटक प्रयास गरेपनी माधव समुहको समर्थनको कारण माओबादी नेत्रित्वको सरकार टिक्दै आएको छ । तर अब माधव नेपाल समुहले पार्टी नै अलग्गै दर्ता गरिसकेकाले यँहाको सरकारमा आफ्नो नेत्रित्वमा दाबी गर्ने बलियो सम्भाबना रहेको स्रोतको भनाई रहेको छ । सुदूर पश्चिम प्रदेश सभामा ५२ जना जना सदस्य छन् ।
प्रदेश सभामा माओवादी केन्द्रका १३, काँग्रेसका १२ र जसपाका २ जना सांसद छन् । बाँकी नेकपा एमालेमा अहिले सम्म खुलेर लाग्ने को सँख्याको १० पुगेको छ । अझै केही सांसद खुलेका छैनन । केन्द्रको गठबन्धन सरकारको समिकरण अनुसार नै यँहा पनि एमाले बाहेकको सरकार बन्ने भएको हो ।