अत्तरिया - कैलालीको गोदावरी नगरपालिकाले कोरोना भाईरसको खोपमा राजनितिकरण गरेको आरोप लागेको छ ।
अत्तरिया उधोग वाणिज्य संघले नगरपालिकाले अत्तरियाका व्यासायीहरुलाई लगाउने कोरोना बिरुद्धको खोपमा पनि राजनितिकरण गरेको आरोप लगाएको हो ।
जनताको स्वास्थ्यसंग प्रत्यक्ष रुपमा जोडिएको बिषयमा राजनैतिक पुर्वाग्रह राखेर नगरपालिकाले अत्तरियाका ८ सय बढी व्यवसायीहरुलाई खोप लगाउने अधिकारवाट बञ्चित गराएको अत्तरिया उधोग वाणिज्य संघका अध्यक्ष अशोकराज देवकोटाले बताएका छन् ।
उनले यसअघि भेरोसेल खोपको पहिलो डोज लगाएका व्यवसायीहरुलाई अत्तरिया उद्योग बाणिज्य संघको कार्यालयमै शनिवार दोस्रो डोज लगाउने भनि सम्पूर्ण तयारी पुरा भैसकेको अबस्थामा पनि अन्तिममा आएर नगरपालिकाले असहयोग गर्दा कार्यक्रम स्थगित गर्नुपरेको दुखेसो पोखेका छन् ।
अत्तरिया उद्योग वाणिज्य सघ आफैले पहल गरि स्वास्थ्य कार्यालय कैलालीवाट प्राप्त भएको खोप गोदावरी नगरपालिका संगको सहकार्यमा लगाउने भनिएको थियो ।
सुरुमा सबै कुरा हुन्छ भन्दै मौखिक रुपमा सहमति गरेपनि अहिले आएर बिभिन्न बहानाबाजी गर्दै छुटै कार्यक्रम मार्फत खोप लगाउन नसकिने भन्दै राजनैतिक पुर्वाग्रहले नगरपालिकाले असहयोग गरेकाले कार्यक्रम नै स्थगित गर्नुपरेको अध्यक्ष देवकोटाले बताए ।
उनले आफ्नो सामाजिक संजाल फेसबुकमा पनि लेखेका छन् - "मिति २०७८ श्रावण १६ गते यश अत्तरिया उद्योग वाणिज्य संघ को विशेष पहलमा यस क्षेत्र का उद्योगी , ब्यापारी , ब्यवसायीज्युहरुलाई कोरोना विरुद्धको पहिलो खोप भेरोसिल लगायको र मिति २०७८ भाद्र १२ गते शनिबार दोस्रो डोज बिहान ९ बजे देखि अत्तरिया उद्योग वाणिाज्य संघको सभाहलमा लगाउने तयारी भएकोमा पहिलो डोज बराबर ८२० भ्याक्सिन जिल्ला जन स्वास्थ्य कार्यालय धनगढीले उपलब्ध गरायको र भ्याक्सिन लगाउन स्थानीय सरकार गोदावरी नगरपालिकालाई स्वस्थ्यकर्मी उपलब्ध गराइदिन पत्राचार समेत भै प्रमुख कार्यकारी अधिकृत देब राज जोशी ज्युले सहमति दिनु भएकोमा समय र स्थान समेत निर्धारण गरि सकेको अवस्थामा यक्कासी आज न पा का प्रमुख कार्यकारी अधिकृतज्युका अनुसार नगर प्रमुख ज्युको आदेशमा पुर्वाग्रह ढंगले गोदावरी नरपालिकाले स्वास्थ्यकर्मी उपलब्ध गराउन नसकिने भन्ने जानकारी प्राप्त भएकोले भोलिको खोप कार्यक्रम अर्को सुचना जारी नभए सम्म स्थगित गरिएको जानकारी गराउदछौ । जनता को स्वास्थ सग प्रत्येक्ष जोडिएको विषयमा स्थानीय सरकारले राजनैतिक पुर्वाग्रह गरेको ब्यवहार ले हामीलाई गम्भीर बनायको छ ।"
उता नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख नवराज अबस्थीले भने नियमित खोप लगाईरहेकै ठाउँ बाहेक अन्य क्षेत्रमा खोप लगाउन नमिल्ने बताए । उनले नगरपालिकाले खोप लगाउन १० वटा केन्द्र तोकेकाले त्यो बाहेकका क्षेत्रबाट खोप नलगाउन नगरपालिकाले नै निर्देशन दिएको बताएका छन् ।
"उद्योग बणिज्य संघको हलमा पहिलो डोज कहाँवाट ल्याएर लगाए त्यो मलाई केही थाहा छैन , बाहिर क्षेत्रबाट ल्याएका खोप जहाँ पायो त्यहि लगाउँदा भोलीका दिनमा कुनै समस्या भए जिम्मेवारी कस्ले लिने " उनले भने उनले भने - "त्यसैले अब हामीले तोकेका केन्द्र माफैत नै खोप लगाईने छ ।
व्यवसायीहरुले पहिलो डोज जहाँ लगाए पनि दोस्रो डोज नगरपालिकाले संचालन गरेको कार्यक्रममा लगाएको भए यस्तो समस्या नआउने उनले बताए । यद्धपी आफू कर्मचारी भएकाले स्थानिय सरकारले खोप लगाउन भनेमा कुनै आपत्ती नभएको उनको भनाई छ ।
यस बिषयमा नगरप्रमुखसंग बुझ्न पटक पटक सम्पर्क गर्न खोज्दा पनि सम्पर्क हुन सकेन । नगरपालिकाले कोरोना बिरुद्धको भेरोसेल खोपको पहिलो डोज लगाएकाहरुलाई यही भदौ ८ देखि ११ सम्म दोस्रो डोज लगाएको थियो ।