अत्तरिया - विहिवार राति परेको भारी वर्षाका कारण कैलालीका विभिन्न ठाउँमा ठूलो जनधनको भएको छ । अविरल वर्षासँगै आएको बाढी र पहिरोले घर , पसल तथा खेत बगाउदाँ मानवियका साथै ठूलो जनधनको क्षति भएको हो ।
बाढीले बगाउँदा एक जनाको मृत्यु समेत भएको छ । लम्कीचुहा नगरपालिका–६ चरेला स्थित गुलरा नदीमा आएको बाढीले बगाउँदा सोही ठाउँ बस्ने ९५ वर्षीया फुपिया थारुको मृत्यु भएको हो । बिहीबार साँझ लुगा धुँदै गरेकी थारुलाई अचानक खोलामा आएको बाढीले बगाएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
बाढीले बगाएर करिब ७ किलोमिटर पर पु¥याएको अवस्थामा उनको शव फेला परेको कैलालीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले जानकारी दिए । यस्तै पहिरोले घर पुरिदा लम्कीचुहा नगरपालिकामा दुईजना घाइते भएका छन् ।
लम्कीचुहा नगरपालिका ३ बल्चौरमा बिहीबार राति घरमाथिबाट खसेर पहिरोले ७५ वर्षीय गोपाल चौधरी र उनकी श्रीमती ७२ वर्षीय गौरी चौधरी घाइते भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
निरन्तरको बर्षाले नदी तथा खोलाहरुमा पानीको बहाव बढेपछि बस्तीमा पस्दा दर्जन बढी घरहरु डुबानमा परेका छन् । जिल्ला प्रशासन कार्यालय कैलालीले दिएको जानकारी अनुसार जिल्लाका बिभिन्न ठाउँमा गरि १ सय ६० बढी घरहरु डुबानमा परेका हुन् ।
पथरैया नदीमा आएको बाढी बस्तीमा पस्दा १ सय ३८ घर डुबानमा परेका छन् । पुर्वी कैलालीमा पर्ने जानकी गाउँपालिका–४ र ७ का एक सय ३८ घर डुबानमा परेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।
यस्तै सुदूरपश्चिकै धार्मीक तथा पर्यटकिय क्षेत्र गोदावरीमा पहिरोका कारण पुरानो काठे पुलको छेउमा रहेको एउटा पसल बगाएको छ । गोदावरी नदीमा पानीको बहाव बढेसंगै पहिरो जादाँ काठेपुल छेउमा रहेको स्थानिय गणेश दत्त पाण्डेको खुद्रा पसल बगाएको हो ।
पसल बगाउँदा करिब ५० हजार बराबरको क्षति भएको छ साथै सोही पुल नजिकै काठले बनेको टिनले छाएको प्रतिक्षालय बगाएको छ । यसका साथै पहिरोका कारण जमिन भसिदाँ पर्यटकिय क्षेत्र गोदावरीको पुरानो काठे पुल पनि जोखिममा परेको छ । पुलको वरपरका पिल्लरबाट पहिरो खसेकै कारणले पुल जोखिममा परेको हो ।
यस्तै गोदावरी नदीको कटानले गोदावरी नगरपालिका–४ रहेको काठे पुले र ४२ वर्षीय गणेशदत्त पाण्डेको टीनले छाएको एक कोठे किराना पसल र प्रतिक्षालय बगाएको छ । गोदावरी १२ मा पर्ने मछेलिको टुडेला खोलामा बाँधिएको डयाम भत्किदाँ पुरै ओलानी बस्ती जोखिममा परेको छ ।
गएराति लगातार परेको पानीले टुडेला खोलामा पानीको बहाव बढ्दा ड्याम भत्किएको स्थानिय देव नेपालीले जानकारी दिए । जसका कारण खोला आसपासको पसाउनै लागेको धानखेती अन्य अन्नबाली सबै बगाएर लगेको उनले बताए ।
डयाम भत्किएपछि अहिले गोदावरी १० ,११ र १२ गरि ३ वटै वडा उच्च जोखिममा परेको छ । यस्तै बाढीपहिरोले गोदावरी नगरपालिका–१२ हलौडेमा स्थानीय मानबहादुर धामीले ५–६ कठ्ठामा लगाएको धानबाली नष्ट गरेको छ ।