अत्तरिया – कैलालीको गोदावरी नगरपालिकामा नगर स्तरीय एकल महिला समूह गठन गरिएको छ । मानव अधिकारको लागि महिला एकल महिला समूह सुदूरपश्चिम प्रदेशको आयोजनामा आज अत्तरियामा सम्पन्न एकल महिलाहरुको भेलाले गोदावरी नगर स्तरिय एकल महिला समूह गठन गरेको हो । भेलाले खेमा बिष्टको अध्यक्षतामा १३ सदस्यीय समिति सर्वसम्मत रुपमा चयन गरेको छ ।
समितिको उपाद्यक्षमा राजु विक , सचिवमा सिवा कडायत ,सह सचिवमा सीता ऐर र कोषाद्यक्षमा धना पाठक रहनु भएको छ । त्यस्तै सदस्यहरुमा गोदावरी नगरपालीका १ बाट शुसिला भट्ट , वडा नम्बर २ बाट लक्ष्मी रावत , वडा नम्बर ३ बाट रत्ना भण्डारी , वडा नम्बर ५ बाट सीता देवी ऐर , वडा नम्बर ७ बाट खिमा चौधरी , वडा नम्बर ९ बाट सारदा ऐर , वडा नम्बर ११ बाट धना देवी सुनार र वडा नम्बर १२ बाट राधिका जोशी चयन हुनु भएको छ ।
नगर स्तरीय एकल महिला समूह गठन कार्यक्रम बोल्दै कार्यक्रमकी प्रमुख अथिति एवम् गोदावरी नगरपालिकाकी उप प्रमुख रत्ना कडायतले गोदावरी नगरपालिकामा एकल महिला एकजुट हुनु राम्रो कार्य भएको बताए । उनले बिगतका दिनमा पनि नगरपालिकाले एकल महिलाको हक हितका लागि बिभिन्न कार्यक्रम गर्दै आएकाले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई अझै शसक्त रुपमा अगाडी बढाउन आफुले नगरपालिकाबाट पहल गर्ने बताईन । उनले एकल महिलाहरु संगठित हुँदा नगरपालिकालाई एकल महिलाका क्षेत्रमा काम गर्न अझै सहज हुने बताईन ।
कार्यक्रममा बोल्दै मानव अधिकारको लागि महिला एकल महिला समूह शुदूरपश्चिम प्रदेशकी अध्यक्ष शुमन सर्माले राज्यको संरचना आएको परिवर्तन अनुसार नगर स्तरमा समूह गठन गर्न आवश्यक भएकाले गोदावरी नगरपालीकामा पनि एकल महिला समुह गठन गरिएको बताईन । उनले अहिले पनि एकल महिला घर परिवार र सामाज बाटै अपहेलित हुनुपर्ने अवस्था भएकाले एकल महिला संगठित हुन आवश्यक रहेको बताईन ।
‘पछिल्लो समयमा राज्य बाट एकल महिलाका लागि भनेर केहि राम्रा कार्यक्रम पनि आएका छन , जुन हामीले संगठित भएर आवाज उठाउनुको परिणाम हो ।’ अध्यक्ष सर्माले भनीन –‘ अझै पनि एकल महिला समाजमा अपहेलित हुने , अन्यायमा पर्ने काम रोकिएको छैन , त्यसैले अब राज्यको संरचना अनुसार वडा स्तरबाट नै एकल महिला एक भएर उठ्न आवश्यक छ ।
अत्तरिया स्थित पतंजली योग पिठको हलमा सम्पन्न कार्यक्रममा गोदावरी नगरपालिकाका १ का कार्यवाहक वडा अध्यक्ष कृत बहादुर चन्द , वडा नम्बर ५ का वडा अध्यक्ष कर्ण सिह बोहराले आफ्नो धारणा राखेका थिए ।
गोदावरी नगरपालिकाका १२ ओटै वडाका एकल महिलाहरुको सहभागीता रहेको कार्यक्रमको संचालन मानव अधिकारको लागि महिला एकल महिला समूह सुदूरपश्चिम प्रदेश अधिकृत वेद अवस्थीले गर्नु भएको थियो ।