अत्तरिया - कैलालीको गोदावरी नगरपालिका वडा नं २ मा अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ । जिल्लाको परिपत्र अनुसार १४ औँ महादिवेशन लक्षित कार्यक्रम अन्र्तगत नगर तथा वडा कार्यसमितिको आयोजनामा वडा स्तरिय अन्तकृया एबम् कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न भएको हो ।
वडा सभापति डबल साउँदको सभापत्विमा सम्पन्न भएको कार्यक्रममा कैलाली क्षेत्र नं ४ का क्षेत्रीय सभापति दिनेश राज जोशी प्रमुख अतिथी रहेक थिए ।
कार्यक्रममा सहभागिहरुले लामो समयको प्रतिक्षा पछि नजिकिदै गरेको आगामी १४ औँ महादिवेशनलाई सफल पार्न सबै लाग्नुपर्ने बताएका छन् ।
कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले हार र जितको कुरा महादिवेशनपछिको भएपनि अहिले भने नेतृत्वकर्ताहरुले कार्यकर्ताको कुरा सुन्नका लागि एक ठाउँमा उभिनुपर्ने बताएका थिए ।
बिधान सम्मत जिल्लाले परिपत्र गरेर वडा स्तरिय अन्तकृया भैरहेको भएपनि एकथरी काग्रेसका नेताहरुले कार्यक्रममै नआएर कार्यकर्ताहरुका कुरा सुन्न नचाहेको बताएका थिए ।
कार्यक्रममा बोल्ने वक्ताहरुले अगामी महादिवेशनमा नातावाद , कृपावाद भन्दा पनि एक सफल नेतृत्वकर्तालाई सबैले जिताएर साथ दिनुपर्ने बताएका थिए ।
कार्यक्रममा महासमिती सदस्य डा लक्ष्मी राज पाठक , नगर सभापति हेमप्रकाश उप्रेती , नगर सचिब तेज खड्का , पूर्व क्षेत्रिय सचिब लोकराज पाण्डे आगो , जिल्ला सल्लाहकार सुरत कार्की , तरुण दलका नगर सभापति शंकर खड्का , नेविसंघका क्षेत्रिय सभापति गणेश शाह लगाएका नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।
नेता विश्वनाथ ओझले स्वागत मन्तब्य राखेको कार्यक्रमको संचालन काग्रेसका नेता एवम् वडा नं २ का निर्वाचित वडा सदस्य कमल कडायतले गरेका थिए ।