अत्तरिया - कैलालीको चुरेमा काग्रेसको अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ । जिल्लाको परिपत्र अनुसार १४ औँ महादिवेशन लक्षित कार्यक्रम अन्र्तगत चुरे गाउपालिका वडा नं ४ बालिवागडामा वडा स्तरिय अन्तकृया एबम् कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न भएको हो ।
वडा सभापती हर्कबहादुर दियाकोटीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा महासमिती सदस्य डा लक्ष्मी राज पाठक प्रमुख अतिथी रहेका थिए ।
कार्यक्रममा सहभागि नेपाली काग्रेस कृयशिल सदस्यहरुसंग भेटघाट गर्नुका साथै १४ औँ महादिवेशनका बिषयमा छलफल भएको नेपाली काग्रेस गोदावरी नगर सचिब तेज खड्काले जानकारी दिए ।
साथै सोही कार्यक्रममा नेकपा माओबादीका वडा सचिबालय सदस्य चक्र बहदुर चन्द सहित विभिन्न पाटी परित्यग गरि २६ जना कांग्रेसमा प्रबेस गरेको उनले बताए ।
काग्रेसमा प्रवेश गरेका नव आगन्तुकहरुलाई कार्यक्रमका प्रमुख अतिथी लगाएत अन्य अतिथीहरुले टीका लगाइ साधारण सदस्यता हस्तान्तरण गरिएको छ ।
कार्यक्रममा कैलाली क्षेत्र नं ४ का क्षेत्रीय सभापति दिनेश राज जोशी , क्षेत्रीय सह सचिब कृष्ण मल्ल , गोदावरी नगर सचिब तेज खड्का , पुर्ब क्षेत्रीय सचिब लोक राज पाण्डे आगो , जिल्ला सल्लाहकार सुरत कार्की , क्षेत्रीय सल्लाहकार राजेन्द्र जोशी , चुरे गाउपालिकाका सभापति दिल बहदुर भाट , सह सभापती टीकाराम ढुंगाना ,हेम शाह लगायत नेताहरुको सहभागिता रहेको थियो ।