अत्तरिया - नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का केन्द्रिय सदस्य बिरभान चौधरीले लेखराज भट्ट स्वार्थी नेता रहेको आरोप लगाएका छन् ।
माओवादी केन्द्र गोदावरी नगर कमिटीले आज अत्तरियामा आयोजना गरेको भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै उनले माओवादी पाटीवाटै माथि उठेका भट्ट अहिले आफ्नो निजि स्वार्थपूर्तीका लागि केपी ओलीको पाटीमा मिलेको आरोप लगाएका हुन् ।
पाटी थुप्रै नेता कार्यकर्ताको त्याग , तपस्या र जनताको बलिदानवाट अगाडी बढेपनि अहिले पदको लाभमा अर्कतिर लागेकाले अन्य कार्यकर्ताहरुलाई उनको पछाडी नलाग्ने चौधरीले आग्रह गरे । सुदूरपश्चिम प्रदेश सभा सांसद समेत रहेका चौधरीले आफुलाई पनि भट्टले विगतमा थुप्रै लोभ लालच देखाएपनि आफु त्यस्तो लोभ लालचमा नगएको बताएका छन् ।
"उहाले आफ्नो निजि स्वार्थमा लागि मलाई दुईवाट प्रस्ताव राख्नुभयो ,एउटा हामी छुट्टै क्षत्रिय पाटी बनाउ तपाई महासचिब म अध्यक्ष भन्नुभयो अर्को तपाईलाई मुख्यमन्त्री बनाउछु , केपी ओलीलाई मनाउने मेरो जिम्मा भन्दै तिन महिना सम्म ताकेता गर्नुभयो तर मैले हुन्न भनेर मानिन" उनले भने- केपीको आर्शिवादले मलाई मुख्यमन्त्री चाहिएको छैन, म आफ्नै सर्वाहार पाटीले जुनसुकै जिम्मेवादी दिन्छ त्यो सम्हाल्न तयार छु । "
भट्ट अन्तिममा आएर प्रचण्डले भिम रावललाई नेता बनायो भन्ने आरोप लगाएर पार्टी छोडेको बताए ।
लेखराज भट्टले माओवादी छोडेपछि पुरै सुदूरपश्चिका माओवादीहरु लर्को लाग्छ भन्ने सोचेपनि त्यो सम्भव नरहेको उनको भनाई थियो ।
‘सुदूरपश्चिमको हरेक कुरामा नियुक्ती गर्नुपर्दा लेखराज भट्टकै कुरा सुनिन्थ्यो उनकै चल्थो । तर अहिले उनको वास्तविकता देखिएको छ उनले भने अब लेखराज भट्टले चुनावमा कैलाली क्षेत्र नम्बर ४ बाट जित्ने कुनै सम्भावना छैन ।
अब उनले जित्ने सपना नदेखे हुन्छ ।’ उनले थुप्रै चुनौतिका बावजुत पनि माओवादी केन्द्र आफ्रनै अडिगमा रहेकाले अगामी दिनमा देशको पहिलो पाटी बनाउने किसिमले सबैले आ आफ्नो क्षेत्रवाट एकजुट भएर लाग्नुपर्ने बताएका छन् ।