अत्तरिया - अत्तरियामा नेकपा माओबादी केन्द्रको भेला तथा प्रशिक्षण कार्यक्रम भब्यताका साथ सम्पन्न भएको छ । नेकपा माओबादी केन्द्र गोदावरी नगर किमिटीको आयोजनामा उक्त भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो ।
नेकपा माओबादी केन्द्र गोदावरी नगरकमिटि अध्यक्ष मदन कठायतको अध्यक्षतामा भएको कार्यक्रममा माओवादी केन्द्रका केन्द्रिय सदस्य एबम् सुदूरपश्चिम प्रदेश सांसद विरभान चौधरी प्रमुख अतिथी रहेको थिए । नेकपा एमाले गोदावरी नगर कमिटिले भेला गरेकै स्थानमा त्यसको ठीक तीन दिनपछि माओबादी केन्द्रले भेलाको आयोजना गरेको हो ।
कार्यक्रममा माओबादीका जिल्ला अध्यक्ष लालबहादुर सोडारी , प्रदेश कमिटी सदस्य बलबहादुर महता , जिल्ला सदस्य धर्म सिंह कुबर , सल्लहार मेघराज भट्ट लगाएतका नेताहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा बोल्दै सबै बक्ताहरुले माओवादी केन्द्र पाटी कसैको पेवा नभएकाले कोही बाटो बिराएर अलग भएपनि पाटीलाई कुनै असर नपर्ने बताएका छन् ।
कार्यक्रममा सहभागीहरुलाई देखाउदै उनीहरुले अहिले त ट्रलर मात्रै देखिएको फिल्म भने पुरा आउन बाकिँ रहेको बताएका थिए । यस निर्वाचन क्षेत्रमा माओवादी हराउछ भन्नेहरुलाई इकित गर्दै कोही उताउता जादैमा माओवादी हराउनुभन्दा झन शसक्त भएका अघि बढ्ने बताएका छन् ।
उनीहरुले गोदावरी नगरपालिकासंगै सम्पूर्ण सुदूरपश्चिमलाई माओवादीमय बनाउन सबै एक जुट भएर लाग्नुपर्ने बताएका छन् ।
कार्यक्रम मार्फत बिभिन्न एजेण्डाहरु पास गरिएको छ । जसमा जिल्ला सदस्य धर्म सिंह कुबरको संयोजकत्वमा ६५ सदस्यि नगर सम्मेलन आयोजक कमिटि गठन गरिएको छ ।
यस्तै अब गोदावरी नगरपालिका भित्रका टोल टोलमा गएर टोल समिति गठन गर्ने , वडा सम्मेलन हुन बाकिँ रहेका वडाहरुमा वडा सम्मेलन गर्ने , सदस्यता नविकरण तथा वितरण गर्ने अगामी कार्ययोजना रहेको नगरकमिटि अध्यक्ष मदन कठायतले बताए ।
कार्यक्रम सम्पन्न पछि सहभागी सम्पूर्णले एकै स्वारमा माओवादी केन्द्र जिन्दावाद भन्दै नारा लगाएका थिए । कार्यक्रममा माओबादीका नेता उल्लेख नेता कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।