अत्तरिया - नेपाल आफैमा एक कृषि प्रधान देश हो । नेपालमा बसोबास गर्ने करिब ८० प्रतिशत भन्दा बढि नागरिकहरु कृषि पेशामै संग्लग्न रहेका छन् । यद्धपी देश कृषि प्रधान भएपनि नेपाल अझै पनि कृषिजन्य वस्तुहरुमा परनिर्भर हुँदै आएको छ । नेपालीहरु अझै पनि कृषि क्षेत्रमा आत्मनिर्भर हुन सकेको छैनौ । पटक पटक फेरिने सरकारले कृषिलाई पहिलो प्रथमिकतामा राख्ने गरेको भएपनि त्यो व्यवहारिक रुपमा लागू हुन सकेको छैन् ।

तर पछिल्लो समय केहि त्यस्ता युवा उधमी जसले कृषिवाटै आफ्नो घर परिवार , गाँउ समाज र स्थानीय सरकार समृद्ध बन्ने सपना देखिरहेका छन् । कृषि पेशामा लागेको छोटो समयमै सफलता प्राप्त गरेका कैलालीको गोदावरी नगरपालिका वडा नं २ अत्तरिया बस्ने ३२ बर्षिय युवा मिनराज जोशी पछिल्लो समय एक सफल उधमी र छोटो समयमै राम्रो प्रगति गर्ने युवाका रुपमा स्थापित हुदै गएका छन् ।
युवा अबस्थामा नै कडा मेहेनत र परिश्रमका बावजुद उनी अहिले एक सफल उधमीका रुपमा स्थापित हुदै गएका हुन् । यति मात्रै होईन कृषिमा केहि छैन भन्नेहरुका लागि पनि उनी अहिले एक प्रेरणाका स्रोत बनेका छन् । गोदावरी नगरपालिका वडा नं २ स्थित दुर्गालक्ष्मी बहुमुखी क्याम्पस नजिकै र तेघरीमा गरी करिब २० बिगाहा जमिन लिजमा लिएर आज भन्दा चार बर्ष अगाडी पशुपालन क्षेत्रमा लाग्नुभएका जोशीले सुदुरपश्चिम कृर्षि तथा पशु विकास फर्म नै दर्ता गरेका छन् ।
केहि बर्ष भारतमा रोजगारी गरेर फर्किएपछि किराना पसल समेत संचालन गरेका जोशीले त्यस तर्फ पनि खासै उपलब्धी नदेखेपछि कृर्षि क्षेत्र तर्फ आर्कषित भएको बताए । उनले अहिले सुदुरपरिचममै पहिलो पटक गोबर प्रशोधन गर्ने मेसिन खरिद गरेका छन् । यो मेसिनले गोबरहरुलाई प्रशोधन गरी अर्गानिक खेतीका प्रयोग गर्न सकिने मल उत्पादन गरी गाउँ घरमा बिक्रि गर्ने योजना रहेको उनले सुनाए । उहाले कृषिको एउटा मात्रै क्षेत्रलाई नभई एक्लै बिभिन्न क्षेत्रलाई सम्भाल्दै आएका छन् ।
उनले एउटै फर्मवाट गाई पालन , भैसी पालन , बाख्रा पालन, घास खेती लगाएत थुप्रै कामहरु गर्दै आएका छन् । सुरुमा ५ लाखको लगानीवाट सुरु गरेको कृषि पेशावाट जोशीले अहिले त्यसमा करोडौको लगानी गरेका छन् भने सबै खर्च कटाएर अहिले महिनाको एक देखी डेढ लाख रुपैया नगद आम्दानी गरिरहेका छन् ।
कृषि पेशामा लागे पछि उहाले अहिले उष्कृट कृषक अवार्ड देखी बिभिन्न पुरस्कारहरु पनि पाइसकेका छन् । यद्धपी सरकारले किसान र कृर्षकहरुका लागि भने करोडौ बजेट छुट्याउने गरेको भएपनि त्यो बास्तविक किसानहरु भन्दा पनि पहुचवाला ब्यक्तिले मात्रै पाउने गरेको प्रति उनले गुनासो पोखे ।
आफु कृषि पेशामा लागेको ४ बर्ष पुग्दा कहि कतैवाट थोरै सहयोग पाएपनि यसले आफुलाई आधुनिक कृषि गर्नमा नपुगेको बताए । उनले ब्यवसायिक रुपमा कृषिमा लागेको कृषकहरुलाई स्थानिय , प्रदेश र केन्द्र सरकारले सहयोग गर्नुपर्ने बताए ।
उनले यस तर्फ पनि सरकारी पक्षको ध्यान जानुपर्ने बताए । देश अहिले संघियतामा गएको छ । देशमा अहिले ३ तहका सरकार रहेका छन् । तिन ओटै सरकारका प्रमुखहरुले कृषिलाई पहिलो प्रथमिकतामा राखेका छन् । सर्वसाधारण जनताका अगाडी भाषण गर्न र खाली कोरा कागजमा लेखेर मात्रै नहुने बताउदै उनले सरकारले लिएको नीति र योजनाहरु व्यवहारमा लागु गनुपर्नेमा जोड दिए ।
संघिय सरकारले पछिल्लो समय प्रधामन्त्री कृषि आधुनिकरण परियोजना पनि ल्याएको छ । कृषि क्षेत्रमा भैरहेका राम्रो कामहरुलाई निरन्तरता दिने र नयाँ कार्यक्रम पनि अगाडि बढाउने उध्ेश्यका साथ कार्यक्रम अगाडी सारिएको बताइएको छ । जोशीले यहाको स्थानिय र प्रदेश सरकारले पनि कृषि क्षेत्रमा राम्रो लगानी गर्न सके कृषिवाटै समृद्धि भित्राउन सकिने बताए ।
यसका साथै दैनिक सयौको बिदेशिन बाध्य सुदुपश्चिमेली बासीहरुले स्वदेशमै रोजगारीको अबसर पाउने विदेशिनुपर्ने बाध्यताको अन्त्य हुने उनको भनाई छ । धन पैसा कमाउन विदेश जानै पर्छ भन्ने छैन, मिहिनेत , परिश्रम र आट गरेमा स्वदेश मै पनि मनग्य आम्दानी गर्न सकिन्छ भन्ने कुरा जोशी लगाएत याँहाका थुप्रै कृषकहरुले देखाइ रहेका छन् ।
भिडियो हेर्नस...