अत्तरिया - नेपाल कम्युनिष्ट पाटी एमाले गोदावरी नगरकमिटीका अध्यक्ष गोकर्ण भट्टले अब आउने आम निर्वाचनपछि माओवादी केन्द्र हराएर जाने बताएका छन् ।
नेकपा एमाले गोदावरी नगरकमिटिको आयोजनामा अत्तरियाको सम्पन्न अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष भट्टले अब आउने आम निर्वाचनमा कैलाली निर्वाचन क्षेत्र नं ४ वाट माओवादी हराएर जाने बताएका हुन् ।
उनले कार्यक्रममा सहभागी नेता कार्यकर्ताहरुलाई देखाउदै यस क्षेत्रका नेता लेखराज भट्ट एक्लो भए उनको पछाडी कोही छैन भन्नेहरुलाई लेखराज भट्टको पछाडी कति छन् भन्ने कुरा प्रष्ट रुपमा देखाई दिएको बताएका छन् ।
"यहाँ केही दुई खुट्टाहरु भन्नुपर्छ, उनीहरुको यहाँ केही छैन , यहाँ के प्रचार गरिरहेका छन् भने लेखराज भट्टको पछाडी कोही पनि छैन ,सिंगो लेखराज भट्ट , यहाको यो उपस्थितीले प्रष्ट देखाउछ लेखराज भट्टको पछाडी कति छन् भन्ने उनले भने ।"
उनले यस क्षेत्रमा आफूहरु सबै एक जुट भई कस्सिएर लागेपछि अब आउने आम निर्वाचनमा धेरैको धरौटी जफत हुने बताएका छन् ।
अफबहा फैयाएर केहि हुने बाला छैन् । नेकपा एमालेका कुनै कार्यकर्ता नेताहरु माओवादी केन्द्रमा गएका छैन । जनताहरुलाई झुटो आस्वासन नदिन उनले आग्रह गरेका छन् । जुन बेला हामी एकतामा गर्यौ त्यतिबेला देखि हामी जनताको बिकासप्रति सम्रपित भएर लागेका छौ उनले भने । अहिले पनि हामी जनतासगै रहेको उनको भनाई छ ।
साथै उनले अगामी कार्यक्रम भनेको असोज ३ गते वडा अबिधेशन गर्ने भएकाले सबैलाई गम्भिरता भएर लाग्न आग्रह गरे । उनले नेकपा एमाले गोदावरी नगरलाई सुदूरपश्चिकै नमुना पाटीका रुपमा अगाडी बढाउने बताएका छन् ।