अत्तरिया - सुदुपश्चिम प्रदेशको छुट्टै पहिचान बोकेको सुदुपश्चिमको एक माहान चार्ड गौरा पर्व नजिकिदै जादा देश तथा विदेशमा बिभिन्न कार्यक्रमहरुको आयोजना गरिएको छ । हरेक बर्ष जस्तै यस बर्ष पनि भारतको ब्याङ्ग्लोरमा पनि गौरा पर्व भब्यताका साथ मनाइने भएको छ । 'हाम्रो सुदुर हाम्रो पहिचान , सस्कृति जगर्ना गर्नु युवा अभियान 'भन्ने मुल नाराका साथ सुदुपश्चिमेली युवा समाजको आयोजनामा गौरा तथा तिज बिशेष कार्यक्रम मनाइने भएको हो ।
स्वदेशमा रोजगारीको अबसर नपाउदा बिदेशीन बाध्य सुदुरपश्चिमका युवाहरुको साझा संगठन सुदुपश्चिमेली युवा समाजले प्रवासमा रहेको सुदुपश्चिमेलीबासीका बिच एक आपसमा भाइचारको सम्बन्ध स्थापना गर्न , प्रवासमा रहेर पनि आफ्नो गाँउ घरको परम्परा र सस्कृतिलाई जोगाइ राख्न सुदुरपश्चिमका चर्चित कलाकारहरुका साथमा यहि भदौ १ गते अर्थात १८ अगस्ट २०१९ तारिखका दिन कार्यक्रमको आयोजना गरिएको संस्थाका कर्नाटक संयोजक एबम् युवा समाजिक अभियान्ता जनक राज अबस्थीले जानकारी दिए ।
"हामीले युवाहरुले पनि आफ्नो परम्परा , सस्कृतिलाई बिर्सिनु हुदैन्"अबस्थीले भने - "सुदुरपश्चिमको मौलिक भाषा,कला,साहित्य ,परम्परा मुल्यमान्यता, भेषभुषा , सस्कृतीको जगेर्ना र प्रबासमा सुखः दुख गरेर बसिरहेका सुदुरपश्चिमेलि युवाहरूलाई संगठनिक रुपमा एकताबद्ध गराएर सामाजिक हित जनकल्याण जनउथ्थान मेलमिलाप भाइचारा सहयोग सद्भाव एकता मित्रता प्रेम र सुमधुर सम्बन्ध स्थापना गर्न हामीले यो कार्यक्रम गर्न लागेका हौ ।"
उनका अनुसार कार्यक्रममा सुदुपश्चिमका एक नक्षेत्र बरिष्ठ देउडा गायक भुवन प्रसाद दाहाल , चर्चित गायिका तथा मोडेल निरुता खत्री लगाएत अन्य दर्जनौ चर्चित सुदुर पश्चिमेलि कलाकारहरुको प्रस्तुति रहनुका साथै न्याउले भाका डोट्याली भाका ठाडी भाका छलिया नाच हुड्क्यौली भुवा भुस्सोका साथै देउडा खेल्ने कार्यक्रम पनि रहेको छ । गौरा पर्व तिज बिशेष सास्कृतिक कार्यक्रमको तयारी लगभग अन्तिम चरणमा पुगि सकेको मुल आयोजक समितिका संयोजक बिरेन्द्र हमालले जानकारी दिए ।
संयोजक बिरेन्द्र हमालले कार्यक्रम लक्ष्मी भेङ्केटेस्वर कल्याण मन्डप भवन नम्बर 289 , 6th cross road triveni roadyasawantpur, रेल्वे स्टेसन नजीक मेट्रो स्टेसन नजिक बस पार्क नजीक कर्नाटक ब्याङ्ग्लोरमा हुने जानकारी दिए । कार्यक्रम स्थानिय समय अनुसार बिहान ९ बजेदेखी साझ ५ बजे सम्म संचालन हुनेछ ।
कार्यक्रमलाई भब्य र सब्य बनाउनका लागि सम्पुर्ण प्रबासी दाजुभाइ दिदि बहिनी आमाबुवाहरुलाई गरिमामय उपस्थितिका आयोजकले अनुरोध गरेको छ । साथै कार्यक्रम हलमा मदिरा सेवन गरी प्रबेश निषेश गरिएकाले मदिरा खाएर कार्यक्रममा हो हल्ला गर्नेलाई कडा कारबाही र क्षेतिपुर्ती भराइने निर्णय भएको आयोजक सुदुपश्चिमेली युवा समाजले जनाएको छ ।