अत्तरिया - कैलालीको गोदावरी नगरपालिकामा आगामी १४ औ महाधिवेशनको सरगर्मी बढेको छ । नेपाली कांग्रेसले पार्टीको १४ औँ महाधिवेशनको नयाँ कार्यतालिका सार्वजनिक गरेपछि गोदावरीमा कांग्रेसका नेता कार्यकर्ताहरु तयारीमा लागेका हुन् ।
यस अघि महाधिवेशन बारे अन्यौल हुदाँ केही सुस्ताएका यहाँका नेता कार्याकर्ताहरु अहिले गाउँ गाउँमा क्रियशिल सदस्यहरु भेट्ने देखी लिएर महाधिवेशन केन्द्रित अन्तक्रिया कार्यक्रमको आयोजना गरिरहेका छन् । यसैक्रममा शुक्रवार गोदावरी नगरपालिका वडा नं ९ शेहरीमा महाधिवेशन विशेष अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
नेपाली कांग्रेस जिल्ला कार्यसमिति कैलालीको परिपत्र अनुसार गोदाबरी नगरपालिका ९ नम्बर वडा कार्यसमितिको आयोजनामा महाधिवेशन विशेष अन्तक्रिया कार्यक्रम सम्पन्न भएको नेपाली कांग्रेस गोदावरी नगर किमिटि सचिब तेज खड्काले जानकारी दिए । वडा नं ९ का सभापति मेघनाथ रानाको अध्यक्षतामा आयोजित कार्यक्रममा कैलाली क्षेत्र नम्बर ४ का क्षेत्रीय सभापति दिनेश राज जोशीको प्रमुख अतिथी रहेका थिए ।
यस्तै कार्यक्रममा महासमिति सदस्य डा लक्ष्मिराज पाठक ,महासमिति सदस्य पदमराज भट्ट , जिल्ला सदस्य तथा नेपाली कांग्रेशको तर्फबाट प्रदेशसभा सदस्यका प्रत्याशी यज्ञराज चौधरी बिशिष्ट अतिथी रहेका थिए ।
यस्तै उक्त कार्यक्रममा जिल्ला कार्यसमिति सदस्य पुस्पराज जोशी, नगर सभापति हेमप्रकाश उप्रेती , नगरसचिव तेज खड्का , जिल्ला सल्लाहकार सदस्य नेता सुरत कार्की , जिल्ला सल्लाहकार तथा प्रशिक्षक नेता फडेन्द्र भण्डरी, नेपाल् लोकतान्त्रिक खेलकुद संघको केन्द्रिय सदस्य तथा नेपाली काङ्ग्रेस क्षेत्रीय सल्लाहकार सदस्य राजेन्द्र प्रसाद जोशी पुर्बमहाधिवेशन प्रतिनिधि रामलाल राना , पुर्बमहाधिवेशन प्रतिनिधि धर्मराज भट्ट , पुर्ब क्षेत्रीय सचिब लोक राज पाण्डे आगो नेपाल तरुण दल गोदावरी नगरपालिकाका नगर सभापति शंकर खड्का , गोदावरी नगरपालिका वाड न २ का निर्वाचित वडा सदस्य एबम् कांग्रेस नेता कमल कडायत , नेबिसंघ जिल्ला कार्यसमिति सदस्य धनब.गुर्धामि लगाएत नेता कार्यकर्ता र नेपाली काङ्ग्रेसका कृयाशिल सदस्यहरुको उपस्थिति रहेको थियो ।
उक्त अन्तरकृया कार्यक्रममा १४ औ महाधिवेशनलाई सफल पार्न सबै कृयाशिल सदस्यहरुले आ आफ्नो तर्फवाट महत्वपूर्ण भूमिका खेल्न छदफल भएको थियो । उक्त कार्यक्रमको संचालन कृयासिल सदस्य कांगेस नेता रामेश्वर ओझाले गरेका थिए ।
नगर सचिब खड्काका अनुसार गोदावरी नगरपालिकाका १२ ओटै वडाहरुमा महादिवेशन बिषेश अन्र्तकृया कार्यक्रम आयोजना गरिने भएको छ ।