धनगढी - नेकपा एमाले औपचारिक रूपमा नै बिभाजित भएपछि त्य्सको असर सुदुर्पश्चिममा पनि परेको छ । माधब नेपाल समुहले एमाले समाजबादी निर्बाचन आयोग मा दर्ता गरेपछि एमालेमा तलै सम्म कित्ताकाट शुरु भएको छ । बिगत मा माधब नेपाल समुहमा रहेका एमाले उपाध्यक्ष भिम रावलले नेपाललाई नयाँ पार्टी खोल्ने अभियानमा साथ दिएनन् ।
सुदुरपश्चिम मा एमाले भित्र राम्रो प्रभाव रहेका रावल कै कारण माधब नेपाल को एमाले समाजबादी मा स्थानीय नेता कार्यकर्ताले जाने खासै रुचि देखाएका छैनन् । सुदुरपश्चिमबाट प्रतिनिधित्व गर्ने संघिय सांसद मा प्रेम आले ,निरा देबी जैरु ले नेपाल समुहलाई साथ दिएका छन् ।
कैलालीबाट निर्वाचित नारदमुनि राना, बझाङका भैरवबहादुर सिंह, कञ्चनपुरका नरबहादुर धामी, बाजुराका लालबहादुर थापा, बैतडीका दामोदर भण्डारी, दार्चुलाका गणेश ठगुन्ना र अछामका यज्ञ बोगटी ओली पक्षमा छन्। यस्तै समानुपातिक तर्फका कञ्चनपुरकी निरु पाल र बझाङकी आशा विक ओली पक्षमा छन्।
कैलालीकी लक्षमीकुमारी चौधरी, कैलालीका झपट रावल र कञ्चनपुरका दीपकप्रकाश भट्ट नेपाल पक्षमा थिए। तर आले र जैरुबाहेक विगतमा माधव समूहमा रहेका अन्य सासंद अहिले नयाँ पार्टीमा गएका छैनन ।
एमाले समाजबादीलाई प्रदेश सभा सदस्य माया भट्ट र पुर्णा जोशीले मात्रै प्रारम्भिक साथ दिने संकेत गरेका छन् ।उनिहरु को नाम समाजबादीले केन्द्रिय सदस्य मा राखेको छ । सुदुरपश्चिम प्रदेश सभामा रहेका बाँकी एमालेका नेता को कता जाने अझै प्रष्ट भएको छैन । धेरै जसो नेता कार्यकर्ताहरु एमाले मै रहेर संघर्ष गर्नु पर्ने बताउंदै आएका छन ।
प्रदेश सभामा प्रभाब राख्ने दिर्घ सोडारी,प्रकाश शाह, तारालामा तमाङ अझै खुलेका छैनन । केन्द्रमा उपाध्यक्ष भिम रावल एमाले मै रहेर अझै माधव नेपाल सहित एकताको पक्ष मै रहेका छन ।
भिम रावल लगाएतका ९ नेताहरुले शुक्रबार अपिल जारी गर्दै १ सहमति कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन । नेता रावलको कित्ता क्लियर भएपछि मात्रै को कता लाग्ने एकिन हुने एमालेका एक प्रदेश सभा सांसदले बताए ।